नेपाल बिद्यार्थी संघ बाराको अध्यक्षको जिम्मेवारी चौधरीलाई

गढिमाइ खबर
129 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

संदिप प्रसाद यादव/

नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिले नेपाल बिद्यार्थी संघ बाराको अध्यक्ष पदको जिम्मेवारी समिर चौधरीलाई दिएको छ ।

सोमबार नेपाल बिद्यार्थी संघको केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जिम्मेवारी दिएको पत्रचार गरेका छन् । चौधरीलाई तिन महिना भित्र अधिबेशन गर्ने गरी जिम्मा दिएको हो ।

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले जिल्लाहरुमा विवरण मागे बमोजिम मिति २०७९/१०/१५ गते प्राप्त नेपाली कांग्रेस बाराको पत्र अनुसार र नेपाल विद्यार्थी संघ बाराको अध्यक्ष पद रित्त रहेकोेले र बिधान अनुसार ३२ बर्ष उमेर हद पनि आकर्षित भएकोले र नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम ३ महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी नेपाल विद्यार्थी संघ बाराको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी पाए संगै चौधरीले बुधबार नेपाली कांग्रेस पार्टी बाराको कार्यालयमा एक कार्यक्रमबीच समिर चौधरीले आफ्नो पत्र दर्ता गराएका हुन ।

उनलाई कांग्रेस बाराका सभापति राजेशराय यादवले टीका,खादा लगाएर शुभकामना दिएका थिए । यादवले चौधरीको मनोनयनले संघलाई थप उचाई प्राप्त गर्ने विश्वास लिदै बधाई तथा सफल कार्यालयको शुभकामना दिएका छन् ।

साझा गर्नुहोस्