बारा ३ मा पुर्वमन्त्री साह, निवर्तमान सांसद यादव, सहितको उम्मेदवारी दर्ता

गढीमाईखवर डट कम
110 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि आईतवार बारा क्षेत्र नम्बर ३ मा पनि मनोनय दर्ता भएको छ ।

विभिन्न दलिय गठबन्धन र अन्य दलसहित र स्वतन्त्र उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा भने एमाले जसपाको गठबन्धन छैन । यो निर्वाचन क्षेत्रमा अलग अलग मित्रत्ववस प्रतिस्पर्दा गर्ने सहमति भएको छ ।

प्रतिनिधिसभा तर्फ नेकपा एमालेकी नेतृ एवम् पुर्वमन्त्री ज्वालाकुमारी साहले मनोनय दर्ता गराएकी छिन । यस्तै प्रदेशसभातर्फ ३(क) मा रविनदास श्रेष्ठ र ३(ख) मा महमद समिरले उम्मेदवारी दिएका छन ।
यता जसपाले पनि एकल उम्मेदवारी दर्ता गराएको छ । जसपाका मधेश प्रदेश अध्यक्ष एवम् निवर्तमान सांसद रामबाबु कुमार यादवले प्रतिनिधिसभा उम्मेदवारी दर्ता गराएको छन । यस्तै जसपाकै तर्फबाट प्रदेशसभातर्फ ३(क) मा भरतबहादुर खड्का र ३(ख) मा पारस साहले उम्मेदवारी दर्ता गराएका छन् । साह निवर्तमान प्रदेशसभा सदस्य थिए ।

यस्तै क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन्। सता ठबन्धनका तर्पmबाट प्रतिनिधिसभा सदस्यमा लोसपाका लालबाबु सिंहले उम्मेदवारी दिएका छन् ।

नेता सिंह कांग्रेस छोडेर लोसपाबाट चुनाव लड्न हालै केही दिन अगाडी लोसपा प्रवेस गरेका हुन् । त्यसैगरी प्रदेशसभातर्फ ३(क) मा नेकपा माओवादी केन्द्रका मुकेश साह र ३(ख) मा नेपाली कांग्रेसका जयचन्द्र चौरसियाले उम्मेदवारी दर्ता गराएका छन् ।

पुर्व शिक्षक तथा लेखक चन्द्र प्रकास सुवेदीले स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन । यी संगै बारा ३ मा साना दलहरु र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साझा गर्नुहोस्