राम मण्डल/
स्वबियु निर्वाचनमा ठाकुरराम क्याम्पसको स्वबियु सभापतिमा जित्ने जुन पनि सँगठनका विद्यार्थी नेताले क्याम्पसको शैक्षिक अवस्था सुधारको बारेमा ध्यान दिनुपर्ने बताएका छन ।
पर्सा सम्बाददाता राम मण्डलसितको कुराकानी विद्यार्थी नेता तथा पुर्ब स्वबियु सभापति समेत अगामी चैत ८ मा हुने निर्बाचनमा जित्ने स्वबियु सभापतिले ठाकुरराम क्याम्पसको शैक्षिक र भौतिक अवस्था समेत सुधार गर्नुपर्ने बताएका छन ।
उनीहरुले पछिल्लो १५ बर्षदेखि स्वबियु निर्बाचन नभएका कारणले ठाकुरराम क्याम्पसको शैक्षिक अवस्था बिग्रिनुको साथै क्याम्पसको भौतिक अवस्था समेत जिणर् भएको बताएका हुन । स्वबियु निर्बाचनमा ठाकुरराम क्याम्पसको स्वबियु सभापतिमा आफनो सँगठनले जिते क्याम्पसको भौतिक र शैक्षिक बिकास गर्ने नेबिसंघका विद्यार्थी नेता शेष कुमार हजराले बताए ।उनले क्याम्पसमा रहेको होस्टेल,भवन लगायतको अवस्था जिणर् भएकोले शिक्षाको बिकाशसँगै त्यसको बिकाश समेत सँगै गर्नुपर्ने बताए ।
१५ बर्षपछिको अन्तरालमा देशमा स्ववियु निर्वाचन हुन गईरहेको छ । लामो समय स्वबियु सभापति बिहीन रहदा ठाकुरराम क्याम्पसको शैक्षिक अवस्था बिग्रिएकोले अब जित्ने स्वबियु सभापतिले सर्बप्रथम क्याम्पसको शिक्षालाई अघि बढाउन नयाँ तरिकाले काम गर्नुपर्ने ठाकुरराम क्याम्पसका पुर्ब स्वबियु सभापति मुकेश द्विबेदीले बताए ।
उनले अहिलेको युगमा प्राबिधिक शिक्षाको जरुरी रहेकोले ठाकुरराममा प्राबिधीक शिक्षा ल्याउनुपर्नेमा जोड दिए ।उनले ठाकुरराममा अहिले पनि पुरानै सँकायहरुमा अध्यन अध्यापन् हुदै आएकोले नयाँ प्राबिधिक सँकाय थप्नुपर्ने आवशयकता रहेकोले अब जित्ने स्वबियु सभापतिले यस्ता कुरालाई प्राथमिकतामा राखेर जानुपर्ने बताए ।
‘ठाकुरराममा अहिले पनि पुरानै सँकायका बिषयमा अध्यन भईरहेको छ अहिलेको जमाना प्राबिधिक भईसक्यो,उनले भने,अब प्राबिधिक शिक्षा ठाकुरराममा पनि ल्याउनुपर्छ ताकि पढेर कोही पनि बेरोजगार बस्न्पर्ने अवस्था नआओस ।’कुनै पनि सँगठनका उम्मेदवारले जिते क्याम्पसको भौतिक सँरचना देखि लिएर लाईब्रेरी,शिक्षामा भने ध्यान दिन जरुरी रहेको अनेरास्वबियु क्रान्तिकारीका मधेस प्रदेश सचिव बिबेक कुमार साहले बताए ।उनले जिणर् क्याम्पसका भवनहरु,छात्राबास,होस्टेल लगायतको बिकाशमा अब जित्ने स्वबियु सभापतिले पहिलो काम गर्नुपर्ने बताए ।
अगामी चैत ८ गते ठाकुरराम क्याम्पसमा पनि स्वबियु निर्बाचन हुन गईरहेको छ ।जसमा दर्जन भन्दा बढी बिधार्थी सँगठनहरुले भाग लिईरहेका छन ।१५ बर्षको अन्तरालपछि ठाकुरराम क्याम्पसमा पनि स्वबियु निर्बाचन हुन लागेको हो ।