नेपाली काँग्रेस पर्साका केन्द्रिय सदस्य अजय चौरसियाले पर्सा क्षेत्र नम्बर २ बाट सता गठबन्धनकोतर्फबाट साझा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका छ ।
चौरसियाले देशका जनतालाई रैतीबाट मालिक बनाउनको लागि काँग्रेसले आन्दोलन गरेको बताए ।देशमा लोकतन्त्रमाथि आएको सँकटबाट काँग्रेसले नै बचाएको उनको भनाई थियो । यसअघि केपी ओली सरकारले प्रेस,मानव अधिकार आयोग लगायत लोकतन्त्रको मुल्य मान्यता बिरोधमा काँग्रेस उठेको चौरसियाले बताए ।
सता गठबन्धनले जसपालाइृ १६ सिट दिएको बेलामा पनि भिलनो एउटा सिटको लागि एमालेसित जसपाले गठबन्धन गरेको प्रति उनले आपति जनाएका थिए ।
काँग्रेसले पहिले देखि नै मधेसीको हक अधिकारको लागि लडदै आएको चौरसियाको जिकिर थियो । केन्द्रिय सदस्य चौरसिया ०७४ सालमा पनि यही क्षेत्रबाट साँसदमा चुनाव लडी पराजित भएका थिए ।