नेविसंघ निजगढको संयोजकमा सापकोटा

गढिमाइ खबर
257 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया :नेपाल विद्यार्थी संघ बाराले निजगढ नगरपालिकामा ईश्वर सापकोटा चयन भएका छन ।

नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरीको अध्यक्षतामा तथा नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिनाको प्रमुख अतिथ्यतामा भएको भेलाले संयोजकमा सापकोटालाई चयन गरेको हो ।

नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम सापकोटाकलाई नेपाल विद्यार्थी संघ निजगढ नगरपालिकाको संयोजकको जिम्मेवारी दिइएको जिल्ला अध्यक्ष चौधरीले बताएका छन ।

यसैगरी भेलाले संघको नगर समितिको सचिवमा आशिष दंगाललाई चयन गरेको छ । नवनियुक्त नगरसंयोजक सापकोटाले नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

भेलामा नेविसंघ केन्द्रीय सदस्य विकल्प भट्टराईत,तरुण दलका केन्द्रीय सदस्य विष्णु खड्का र विभिन्न भातृ संगठनका पदाधिकारीहरु विभिन्न वडाका सभापति र सदस्यहरु लागायतको उपस्तिथी रहेको थियो ।

साझा गर्नुहोस्