गुणस्तर शिक्षा आजको आवश्यकता- मेयर साह

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले शिक्षाको गुणस्तर अगाडी बढाउनका लागि कुनै कसर बाकी नराख्ने बताएका छन ।

कलैयामा ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुलको २८ औ स्थापना दिवशको अवश्रमा अति बिपन्न बर्गका ब्यतिmहरुलाई कम्बल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मेयर साहले शिक्षाको गुणस्तर दिनानुदिन खस्दै गएको अवस्थालाई मध्यनजर गर्दै शिक्षा क्षेत्रलाई सुधार गर्न र दक्ष जनशतिmबाट पठनपाठन गराउनका लागि आफु सम्बेदशिल रहेको प्रष्ट पारे ।

शिक्षा क्षेत्रमा राजनितिकको परिकल्पना समेत नगर्न शिक्षकहरुलाई आग्रह गर्दै पठनपाठनमा दतचित भई लाग्न आग्रह समेत गरकेका थिए । कलैया नगरमा रहेको नगरबासीहरुको स्वास्थ्य सेवा प्रदान गर्नका लागि कुनै कमी कमजोरी गर्न मातहातका कर्मचारीहरुलाई निर्देशन दिईसकेको हुदा सर्व सुलभ रुपमा स्वास्थ्य सेवा परपर्दो रुपमा नागरिकले प्राप्त गर्नेमा आफु विस्वस्त रहेको मेयर साहले जानकारी गराए ।

कलैया नगरपालिकालाई भष्टचारमुतm नगरपालिका बनाउने संकल्प अहिलेपनि उतिकै रहेको हुदा भष्टाचारलाई शुन्यमा झार्ने मेरो लक्ष्यरहेको हुदा सोही अनुरुप सबैलाई काम गर्न निर्देशन दिएको मेयर साहले भने । फरक प्रसंगमा मेयर साहले जेठ महिना अगाडी लाईन्स क्लवले कलैयामा ब्लड बैक संचालनमा ल्यायो भने नगरपालिकाको तर्फबाट रु १० लाख सहयोग गर्ने उदघोष गरेका थिए । यदि जेठ सम्ममा लाईन्स क्लवले ब्लड बैक स्थापना गर्न नसकेको खण्डमा नगरपालिकाको पहलमा ब्लड बैक संचालन गर्ने प्रतिवद्धता ब्यतm गरेका थिए ।

ग्यालेक्सी निजी बिधालयको सहयोग र लायन्स क्लव काठमाडौको आयोजनामा कलैया क्षेत्रका १ सय ३५ जना अति बिपन्न परिवारलाई कम्बल प्रदान गरिएको थियो ।

ग्यालेक्सी निजी बिधालयका प्रमुख नम्रता रिसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मोहन बहादुर क्षेत्री, लायन्स क्लव काठमाडौका कृष्ण ज्योति शाक्य, दिनेश श्रेष्ठ, श्यामसुन्दर मर्हजन, ग्यालेक्सीका नबिन अधिकारी, पवन सर्राफ, महाबिर रिसाल लगायतकाले आफनो बिचार ब्यतm गर्दै कमबल बितरणले जाडो छल्नमा केही राहत महसुस हुने कुरामा जोड दिएका थिए ।

 

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *