लामो समय एमालेको सङ्गठनमा बिताएका बन संरक्षणकर्मी यादब जसपा प्रबेश

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 363
पढ्न लाग्ने समय : 2 मि.

रञ्जन यादब , बारा । लामो समय नेकपा एमाले पाटीमा बिताएका मधेस प्रदेश कमिटी सदस्य राजदेव प्रसाद यादब जनता समाजवादी पाटी(जसपा) मा प्रबेश गर्नुभएको छ । जसपाको केन्द्रिय कार्यालय बालकुमारी काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रमकोबीच जसपाको केन्द्रिय अध्यक्ष उपेन्द्र यादबले राजदेव यादबलाई जसपामा प्रबेश गराउँनुभएको हो ।

निजामती सेवामा रहदा एमाले निकट कर्मचारी सङ्गठनमा रहेका यादब बन तथा बाताबरण बिभागका केन्द्रिय सदस्य थिए ।बि.स.२०३५ साल देखि माले हुदै एमालेको बिभिन्न संघसङ्गठनमा सक्रिय यादब बाराको सुवर्ण गाउँपालिका वडा नं.२ कबही गोठ निवासी हुनुहुन्छ । नेकपा एमाले निती र बिद्यान अनुरुप चल्ने नसकेका कारण आफनो सही मुल्याङ्कन हुन नसक्दा पाटी परित्याग गरेको यादबले बताउँनुभयो ।

जसपा अध्यक्ष उपेन्द्र यादब बारा क्षेत्र नं.२ मा हुने उप निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । राजदेव प्रसाद यादबले बारा क्षेत्र नं.२ मा जसपा अध्यक्ष यादब लड्ने तयारीमा हुनुहुन्छ ।उहाँलाई नै आफुले निर्वाचनमा सहयोग गर्ने बताउँनुभयो । उपेन्द्र यादब न लड्नु भएको खण्डमा ,पाटीले मलाई बिश्वास गरेर टिकट दिएमा आफ निर्वाचन लड्न तयार रहेको जसपा प्रबेश गरेका राजदेव प्रसाद यादबले जानकारी दिनुभयो ।बन बिभाग अन्तर्गतका बिभिन्न निकायमा कार्य गरेका यादब निजामती सेवामा रहँदा सह सचिव सम्म पुगेका थिए ।

यादबले डिभिजन बन अधिकृतको रुपमा ताप्लेजुङ्ग ,झापा ,दाङ्ग ,प्युठान ,नवलपरासी ,सिन्धुली ,सिरहा र पर्सामा कार्य गर्नुभएको छ । त्यस्तै क्षेत्रिय बन निर्देशनालयको निर्देशकको रुपमा हेटौडा ,सुर्खेत र धनगरीमा काम गर्नुभएको छ ।उहाँले बनस्पती बिभाग ,काठमाडौँको महानिर्देशकको रुपमा काठमाडौँमा सेवा प्रदान गर्नुभएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।