सन्दीप यादव,कलैया । घरेलु तथा साना उद्योग कार्यालय बारा ले आठौं उद्योग दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यालय सम्पन्न भएको छ ।
औद्योगिक लगानी र पूर्वाधार समृद्धिको बलियो आधार नाराका साथ आठौं उद्योग दिवस शुक्रवार कलैया स्थित उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
बारा उद्योग वाणिज्य संघ कलैयाको सहयोग तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सहकार्यमा भएको कार्यक्रममा अध्यक्षता प्रमुख उद्योग अधिकृत धर्मेन्द्रलाल कर्णको रहेकोे थियो ।
कार्यक्रममा प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, अतिथिहरु कलैया उपमहानगरपालिकापालिका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, जिल्ला समन्वय समिति बाराका प्रतिनिधि अमित कुमार चौधरी , कलैया करदाता सेवा कार्यालयका अधिकृत भविश्वर पोखरेल, उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह, प्रहरी नायब उपरीक्षक राजेश थापा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले घरेलु तथा साना उद्योग कार्यालयको ऐतिहासिक पृष्ठभूमि बारे चर्चा गर्दै लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार एवं प्रवद्र्धनमा आवश्यक सहयोग गरी देश विकासमा टेवा पुर्याउने उद्देश्यका साथ वि.सं. २०३० सालमा घरेलु तथा साना उद्योग विभागको गठन भएको बताएका थिए । वि.सं. १९९६ सालमा स्थापना भएको घरेलु इलम प्रचार अडडाको आधुनिक रूप नै घरेलु तथा साना उद्योग विभाग हो । विभाग अन्तर्गत ७७ जिल्लामा यस विभागका शाखा रहेकोमा २०४९ सालमा संगठनमा परिवर्तन भए पछि आ.व. २०७६/०७७ बाट देशका ७७ जिल्लामा विभाग अन्तर्गतका कार्यालयहरूबाट लघु, घरेलु तथा साना उद्योग सम्बन्धी सम्पूर्ण कार्यहरू स्थानीय जिल्लामा नै सम्पादन हुदै आएको कार्यक्रम बताइएको थियो । २०७६ साल देखि प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालय मधेश प्रदेशको मातहातमा रही घरेलु तथा साना उद्योग कार्यालय कलैया, बाराको नामबाट संस्थागत रूपमा कार्य गर्दै आएको बताइएको थियो ।
त्यसैगरी कार्यालय स्थापनाको उद्देश्य भनेको स्वदेशी श्रम र सिपको उपयोग गरी लघु, घरेलु तथा साना उद्योग विकास गर्ने । स्थानीय श्रोत साधनको व्यवसायिक प्रयोगबाट रोजगारका अवसर सृजना गराउने, ८ परम्परागत उद्योगको संरक्षण गर्दै लघु, घरेलु तथा साना उद्योग विकास गर्ने । ८ दिगो औद्योगिक विकासको लागि रोजगार एवं निर्यातमूलक उद्योगको स्थापना गराउन आवश्यक सहयोग पुर्याउने, औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार उद्योगको स्तर विभाजन, औद्योगिक व्यवसाय ऐन २०७६ को दफा १७ बमोजिम उद्योगहरूलाई बर्गीकरण गरिएको प्रमुख उद्योग अधिकृत कर्णले बताए ।
कार्यक्रममा लघु उद्यमः घर जग्गा बाहेक बढीमा २० लाख रुपियाँ सम्मको स्थिर पुँजी रहेको क) उद्यमी स्वमं उद्योग संचालन र व्यावस्थापनमा संलग्न रहेको समेत बताए । उद्यमी सहित बढीमा ९ जना सम्म कामदार रहेको । वार्षिक कारोवार १ करोड भन्दा कम रहेको , विद्युत खपत बढीमा २० कि.वा. सम्म हुने उद्योग घु उद्यम दर्ता गर्दा कुनै शुल्क वा दस्तुर नलाग्ने, घरेलु उद्योगहरुमा परम्परागत सिप र प्रविधिमा आधारित, श्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि कला तथा संस्कृतिमा आधारित रहेको चर्चा गरिएको थियो ।