श्रीमतिलाई मार्ने श्रीमान परे पक्राउ

गढिमाइ खबर
184 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्ज : आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा पर्सा प्रहरीले एक श्रीमानलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता किशोर लम्सालले एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

पर्साको जिराभवानी गाउँपालिका वडा नं.५ शंकरसरैया बस्ने वर्ष३२ को जितेन्द्र माझी मुसहरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। घरायसी वाद–विवादका कारण मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती वर्ष २४ की असपतलीया देवी मुसहरलाई हात मुक्का तथा लठ्ठीले घाँटी समेतमा प्रहार गरी कर्तव्य गरी मारेको भन्ने प्रहरी समक्ष सूचना आएको थियो।

अस्थायी प्रहरी पोष्ट शंकरसरैयामा सूचना प्राप्त हुनासाथ तत्कालै नजिकका प्रहरी युनिटहरूलाई जानकारी गराइ चारैतर्फ भाग्न उम्कन सक्ने सीमा क्षेत्रहरूमा कर्डन गरी घटनास्थलमा अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट प्रहरी सहायक निरीक्षक विकाउ साहको कमाण्डमा प्रहरी टोली खटेको थियो। प्रहरीले जितेन्द्र माझी मुसहरलाई घेराबन्दी गरी माझीलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट सोको सहितको प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि गइ घटनास्थल शवको जाँच मुचुल्का लगायतका सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरी मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको छ।

पक्राउ परेका जितेन्द्र माझी मुसहर विरुद्ध ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान ) मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप गराई उनी उपर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्