स्कोरपियोको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गयो

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

बारा । बारामा स्कोरपियोको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पथलैया–निजगढ सडकखण्ड अन्तर्गत पसाहा पुल नजिक बिहिवार बिहान भएको दुर्घटनामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टांगियाबस्ती बस्ने ४५ वर्षीय राजेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

निजगढबाट पथलैयातर्फ जादै गरेको ग२च ४४१३ नम्बरको स्कोरपियोले सोही दिशाबाट आईरहेको प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाईकल र साइकललाई एकै ठाँउमा ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार सवारी दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाईते भएका छन् । दुबैको सिमरास्थित अल्पाईन अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्ज अस्पताल पठाउने तयारी भईरहेको छ ।स्कोरपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *