विशेष अदालतद्वारा मालपोत पर्साका सात जना अधिकृत भ्रष्टाचारी ठहर

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

मालपोत कार्यालय पर्साका सात जना मालपोत अधिकृतहरु विशेष अदालत द्वारा दोषी ठहर भएका छन ।

मालपोत अधिकृतहरुलाई बिशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने मालपोत अधिकृतहरुमा तत्कालीन मालपोत अधिकृत हरिणारायण मिश्र,भूपबहादुर बोगटी,गोपाल ढुंगाना,पदम प्रसाद अर्याल,चन्द्रबहादुर भण्डारी,स्वर्गीय किरणप्रसाद उपाध्याय र कुमोद तिवारी रहेका छन् ।

आर्थिक वर्ष ०७१÷७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पूँजिगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोप लागेको हो ।

सो आरोप उपर अख्तियारले ०८० साल कार्तिक २० गते बिशेषमा मुद्दा दायर गराएको थियो ।सातैजनालाई आईतबार मुद्दाको सुनुवाई गर्दै अदालतका न्यायधिशहरु टेक नारायण कुँवर,तेज नारायण सिंह राई र राम बहादुर थापाको ईजलाशले उनीहरुलाई भ्रष्टाचारी ठहर गरेको हो ।सातैजनाको सजाय निर्धारणको लागि भने अदालतले अर्को पेशी तोकेको छ ।

मालपोत कार्यालय पर्सा पहिले देखि नै भ्रष्टाचारीको अड्डाको रुपमा रहि आएको छ ।जुन कार्य अहिले पनि बिना रोकटोक चलिरहेको सेवाग्राहीहरु गुनासो गर्छन ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *