बिदेश पठाई दिन्छु भन्दै ठगी गर्ने चौधरी पक्राउ

गढिमाइ खबर
168 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

विदेश पठाईदिन्छु भन्दै दर्जनौ मानिसहरुलाई ठगि गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका वडा नम्बर १ बस्ने सतदेव चौधरीका छोरा ३७ वर्षीय बिजय कुमार चौधरी रहेका छन् । चौधरीले करिब एक करोड १० लाख ८७ हजार नौ सय अस्सी रुपैंया रकम लिएर फरार भएका थिए ।

चौधरीले गाउँका सर्वसधारण गरिब व्यक्तिहरुलाई बिदेशका बिभिन्न ठाउँमा राम्रो काममा पठाई जागिर लगाई दिने प्रलोभन दिइ रकम ठगी गरेको आरोपमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले आर्थिक लाभ लिने उद्देश्यले पिडितहरुसँग रकम लिई बिदेश नपठाई ३७ जना पिडितहरुसंग एक करोड दस लाख सतासी हजार नौ सय अस्सी रुपैंया रकम ठगी गरेका छन् ।

पिडितले जिल्ला प्रहरी कार्यालय बारामा ठगी सम्बन्धी कसूर मुद्दाको जाहेरी दरखास्त दिएपछि प्रहरीले चौधरीलाई खोजतलास गरि पक्राउ गरेको हो ।

चौधरीविरुद्ध ठगी सम्बन्धीको कसूर मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुपेश साहले बताए ।

साझा गर्नुहोस्