राम मण्डल/
स्वबियु निर्बाचनलाई लिएर वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बिबाद बढदै गएको छ ।
क्याम्पसले सार्बजनिक गरेको अन्तिम मतदाता नामावलीको बिषयलाई लिएर बिबाद भएपछि मंगलबार क्याम्पसमा तालाबन्दी गरिएको छ ।
असन्तुष्ट बिधार्थीहरुले क्याम्पसमा तालाबन्दी गरि दिएपछि मंगलबार मनाोृनयन दर्ता समेत भएन ।
तालाबन्दी गरिएपछि स्वबियु निर्बाचन अगामी चैत्र ८ गते ठाकुरराम क्याम्पसमा हुने नहुने बिषयमा थप अन्यौता देखिएको छ । क्याम्पसमा तालाबन्दी गरिएपछि अहिले स्ववियु निर्बाचनको कार्यतालिका स्थगित गरिएको छ ।
मतदाता नामावलीकै बिषयलाई लिएर बिबाद उत्पन्न भएपछि सोमबार साँझ मात्रै क्याम्पसले अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो । बिबाद बढ्दै गएका कारण चैत ५ गते हुने भनिएको स्वबियु निर्बाचन ८ गतेको लागि सारिएको थियो ।
जस अनुसार मंगलबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम थियो । तर,बिधार्थीहरुले क्याम्पसमा तालाबन्दी गरिएपछि मनोनयन दर्ता समेत हुन नसकेको तथा निर्बाचन अधिकृत रोशन लामिछानेले पनि मोबाईल स्विच अफ गरिसकेका छन ।
क्याम्पसले सार्बजनिक गरेको अन्तिम मतदाता नामावलीमा त्रुटि नै भएकोले त्यसलाई सच्याउनु पर्ने अखिल क्रान्तिकारीका नेता मिरोज अहमदले जानकारी दिए ।
उनले ठाकुराम बहुमुखी क्याम्पसमा चुनाव लक्षित मतदाता नामवाली केही दिन अगाडी फर्जी र विवादस्पद भएको बताए ।
सोमबार साँझ प्रकाशित स्वबियु निर्बाचनको कार्यतालिका अनुसार क्याम्पसमा ९ हजार ७ सय मतदाता रहेका छन ।
यसअघि ठाकुरराम क्याम्पसमा मतदाता नामावलीकै बिषयलाई लिएर बिबाद हुदा बिधार्थीहरुले आगजनी नै गरि दिएका थिए । तर पछि बिबाद साम्य भएपनि अहिले फेरी मतदाता नामावलीकै बिषयलाई लिएर बिबाद बढेको छ ।