असार महिनाको पर्साका उत्कृष्ट प्रहरी भए सहायक हवल्दार यादव

गढिमाइ खबर
209 पाठक संख्या

कलैया : असार महिनाको उत्कृष्ट प्रहरीको रुपमा सहायक हवल्दार शिवशंकर प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साले घोषित गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम् प्रहरी उपरीक्षक गौतम मिश्रले यादवलाई उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्। उनले पर्सा जिल्लाको असार महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन शाखामा यादव कार्यरत रहेका छन्। उनले संगठनले प्रदान गरेको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दार, बफादार तथा कर्तव्यनिष्ठ भई काम गरेको जनाइएको छ। उनले उच्च व्यवसायिकताका साथ यादवले कार्यसम्पादन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चोरी घटना नियन्त्रण, हराएका मोवाईलहरूको खोजतलास, साइवर अपराधको सफल अनुसन्धान उनले गरेको जनाइएको छ। उनले कर्तव्यज्यान, लागुऔषध तथा अन्य जघन्य प्रकृतिका अपराधिक घटनाहरुमा संलग्न प्रतिवादीहरु पक्राउ गरी कानूनी दायरामा उनले ल्याएको जनाएका छन्।

वस्तुनिष्ठ र प्रमाणमुखी अनुसन्धान गर्ने कार्यमा महत्वपूर्ण भूमिका उनले निर्वाह गरेका छन्। आम नागरिक समक्ष संगठनको साखलाई उच्च बनाउन उनले उल्लेखनीय योगदान उनले गरेको जनाइएको छ। यस कामको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरी कार्य छनोट कार्यबिधि २०८१ बमोजिम, २०८२ साल असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

साझा गर्नुहोस्