अबैध लागू औषध गाँजा सहित थिङ पक्राउ

गढिमाइ खबर
45 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ छठी घाटबाट अबैध लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोटरसाईकल चालक मकवानपुर हेटौडा उप–महानगरपालिका वडा नम्बर १३ पदमपोखरी बस्ने २७ वर्षीय विवेक थिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिृएको प्रहरी टोलीले ६२ किलो ५५ ग्राम लागू औषध गाँजा सहित उनलाई पक्राउ गरेको हो ।

हेटौंडाबाट वीरगञ्ज तर्फ जाँदै गरेको बा ०२–०४२–००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी जाँच गर्न खोज्दा नाम वतन नखुलेको तीन जना व्यक्तिहरु मोटरसाईकल छाडी फरार भएका थिए।

थिङलाई नियन्त्रणमा लिई दुबै मोटरसाईकल जाँच गर्दा ४ वटा ब्यागमा रातो प्लाष्टिकले बेरिएको ४ पोका लागू औषध गाँजा जस्तो देखिने पदार्थ वरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद भएको लागु औषध मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जानकारी दिएको छ।

साझा गर्नुहोस्