यु आर गोल्ड प्रिमियम मसला चिया ५ सय भक्तजनलाई निशुल्क खुवाइयो

गढीमाईखवर डट कम
39 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

महाशिवरात्रीको अवसरमा बाराको कलैया स्थित रहेको सिद्धेश्वर मन्दिरमा लागेको मेला अवलोकन गर्ने भक्तजनलाई निशुल्क चिया खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

यु आर गोल्ड प्रिमियम मसला चिया महाशिवरात्रीको अवसरमा सिद्धेश्वर मन्दिरमा लागेको मेला अवलोकन गर्ने करिव ५ सय भक्तजनलाई निशुल्क चिया खुवाइएको यु आर गोल्ड प्रिमियम मसला चियाका संचालक उमेश चौलागाईंले बताए ।

स्वदेशमै लगानी गरेरे युवा शक्ति बिदेशीनु भन्दा रोक्न सकिन्छ,स्वदेश मै बिदेशको पैसा कमाउन सकिन्छ,देशको विकासमा टेवा पु¥याउन सकिने लगायत उदेश्य राखि मेला अवलोकन गर्न आउने युवाहरुलाई सचेतना गराउ गदै निशुल्क चिया खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

यु आर गोल्ड प्रिमियम मसला चिया स्वदेशी र अर्गानिक रहेको इलामको उत्पादन गरेको र सिमराबाट पैटेटिंग,फैक्चरिङ हुने गरेको चिया ंमगलवार दिन भरी निशुल्क खुवाएको संचालक चौलागाईंले बताए ।

मेलामा यु आर गोल्ड प्रिमियम मसला चिया सर्बसाधारण उपभोक्त चिया खरिद पनि गर्न सकिने र बिक्री भएको चियाबाट भएको नाफाको केही रकम अनाथ बालबालिकालाई सहयोग गरिने संचालक चौलागाईंले बताए ।

एकलै सुरु गरेको कार्यमा अहिले १४ जना कर्मचारी कार्यरत हुदा खुशी लाग्छ आफू र केहिलाई रोजगार सृजना गर्दा खुशी छु अहिले नेपालको बाके, बर्दिया,मकवानपुर,बारा,पर्सा लगायतको १५ जिल्लामा पु¥याउदैछौ भनी संचालक चौलागाईंले जानकारी गराए ।

महाशिवरात्री सिदेश्वार परिसरमा भक्तजनको सेवामा लोकेश ओलि,जितेन्द्र ठाकुर,सिमा भट्ट ,बिज्ञान चपागाई, प्रेम श्रेष्ठ संतोष साह,उदित नारायण यादव लगायत आठ जान खटिएकोे संचालक चौलागाईंले बताए ।

 

साझा गर्नुहोस्