बारा । अटो चोरी गरेर भाग्न लागेका एक व्यक्तिलाई लागू औषधसहित बारा प्रहरीले नियन्त्रणमा लिएको छ । आटो चोरेर भाग्नै लागेका पर्साको प्रसौनि गा.पा. ५ निवासी २२ वर्षीय राम बिनय प्रसाद यादबलाई लागुऔषध सहित बाराको जीतपुर स्थित केराढोकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलबार जीतपुर बजारमा पार्किंग गरी राखेको ना.१.ह.९३३० नं.को अटो चोरी गरी भाग्ने क्रममा यादव पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेक जाँच गर्दा यादवको साथमा रहेको कालो प्लास्टिकको झोलामा लागुऔष नाइट्राभेट ट्याब्लेट ८ पत्ता २३७ गोटी(१ पत्ता बराबर ३० गोटी ३ गोटी खाई सकेको)सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यस्तै बाराको सिमरा चोकबाट ६० लिटर मदिरा बोकेको स्कुटरसहित विरगञ्जका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित सिमराबाट जीतपुरतर्फ जाँदै गरेको ना.३३प ७२७० नं.को स्कुटरमा मदिरा लैजाँदै गरेको बिषेश सूचनाको आधारमा प्रहरीले मदिरा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक हवल्दार प्रदीप साह नेतृत्वको गस्ती टोलीले टोलीले बीरगंज महानगरपालिका वडा. नं १२ मुर्ली बगैचा बस्ने ५५ वर्षीय अनिल लामिछानेलाई नियन्त्रणमा लिएको हो ।
४२ हजार २ सय ६० रुपियाँ बराबर अनुमानित मूल्यको बरामद मदिरा र स्कुटर आन्तरिक राजस्व कार्यालय सिमरा बारामा बुझाईएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।