कलैया : जिल्ला प्रहरी कार्यालय बाराले विमान स्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राज कुमार रुम्बाको हत्यामा संलगन दुई जना आरोपितलाई आईतबार सार्वजनिक गरेको छ ।
प्रहरी उपरिक्षक महेन्द्र खडकाले पत्रकार सम्मलेन गरी रुम्बाको हत्यामा संलगन जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ निवासी २७ बर्षिय पुरुषोत्तम कुमार दास,सोही स्थान बस्ने २० बर्षिय ईन्द्रजित कुमार चौहान र महोत्तरी जलेश्वर नगरपालिका ३ निवासी श्रीकान्त तिवारीलाई सार्वजनिक गरेका हुन।
अभियुक्त तिवारी विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत हुन । भने दास जय माँ इन्जियरिङ वर्कसपको संचालक हुन ।
दासले लगाउने गरेको जिन्स पाईन्टको खल्टी बाट मृतकले घाटीमा लगाएको सुनको सिक्रि एक थान,पर्स एक थान,मोबाईल ६ थान बरामद गरिएको प्रहरी उपरिक्षक खडकाले बताए ।
दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल बरामद गरिएको छ । पुर्व रिसिईबि तथा चोरी (लुटपाट) कारण रुम्बाको हत्या गरिएको प्रारम्भिक अनुसन्धान बाट खुलेको उनले बताए ।
गत पुस ६ गते शनिबार बिहान सवा ९ बजे जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक खण्डको छेउमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको ग्रे रंगको ई.भि. कारमा उनको शव फेला परेको थियो ।
मृतकको पोष्टमार्टमको क्रममा टाउकोबाट गोलीको बुलेट थान–१ (एक) फेला परेको प्र.उ. खडकाले बताए ।उक्त घटनाको सूक्ष्म अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरु माथि कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । उनीहरु माथि अनुसन्धान गर्नका लागि बारा जिल्ला अदालत बाट दिन ७ (सात) म्याद थप गराईएको बारा प्रहरीले जनाएको छ ।









