घाटामा परेका लगानीकर्तामाथि गम्भीर आरोप, प्रमाणमाथि प्रश्न

गढिमाइ खबर
11 पाठक संख्या

काठमाडौं,१५ वैशाख

नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबारसँग जोडिएको प्रकरणमा युवा व्यवसायी राजबहादुर शाह विवादमा तानिएका छन्। नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएसँगै उनको नाम पनि ‘इन्साइडर ट्रेडिङ’ र ‘प्राइस म्यानुपुलेसन’को आशंकासँग जोडिएको हो। तर प्रतिवेदनमै ठोस प्रमाण अभाव देखिँदा आरोपमाथि गम्भीर प्रश्न उठेको छ।

प्रतिवेदनको एक भागमा “कसूर भएको हुनसक्ने” भनिएको भए पनि अर्को भागमा भने उनको संलग्नता “देखिएको” ठोकुवा गरिएको छ, जसले प्रतिवेदनको विश्वसनीयतामै शंका पैदा गरेको छ।

तथ्यअनुसार शाहले करिब १ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर खरिद गर्दा ५२ करोड ५० लाखभन्दा बढी रकम अग्रिम भुक्तानी गरेका थिए। बाँकी करिब ८९ करोड रुपैयाँ ब्रोकरसँग सहमतिअनुसार भुक्तानी गर्ने व्यवस्था रहेको र यसबारे कुनै औपचारिक विवाद नभएको बताइएको छ।

उनले खरिद गरेको सेयर हालसम्म बिक्री गरेका छैनन्। बरु सेयर मूल्य घट्दा उनी करिब ४६ करोड रुपैयाँ घाटामा छन्। रोचक पक्ष के छ भने, मूल्य उच्च विन्दुमा पुगेको बेला बिक्री गरेको भए उनले ठूलो नाफा कमाउन सक्थे, तर त्यसो नगर्नुले ‘म्यानुपुलेसन’को आरोप कमजोर बनाएको विश्लेषण गरिएको छ।

निजी क्षेत्रका जानकारहरूका अनुसार, यस्तो देवानी प्रकृतिको कारोबारलाई फौजदारी मुद्दा बनाउने प्रयासले पूँजीबजारप्रतिको विश्वास कमजोर पार्न सक्छ। प्रमाणबिनै ठूलो लगानीकर्तालाई आरोपी बनाउँदा लगानी वातावरणमै नकारात्मक सन्देश जाने चेतावनी दिइएको छ।

साझा गर्नुहोस्