बारामा दुई दिनमा दुई वटा हत्या पचरौतामा अज्ञात समुहद्धारा गोली प्रहार गरी युवकको हत्या

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 172
पढ्न लाग्ने समय : 1 मि.

गढीमाई संवाददाता/

बाराको पचरौतामा मंगलवार दिउसो एक युवकको गोली हानी हत्या भएको छ ।

अपरिचित समुहको गोली प्रहारबाट बाराको पचरौता नगरपालिका वार्ड नं ६ पकडिया स्थित लक्ष्मीनिया पोखरीको डिल नजिकै ती युवकको मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

पचरौतामा घटनास्थलमा तालिमप्राप्त कुकुर ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारतबाट दुईवटा मोटरसाइकलमा आएका युवाहरूको समूहले भारत दारपा थानाअन्तर्गत सुकलैयाका २२ वर्षीय अजितकुमार सिंहको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतक अजित कुमार सिंहसँगै भारतको मोतिहारी जिल्ला,दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह लगाएत सोही ठाउँमा बस्ने वर्ष २४ को चञ्चल पाञ्डे, वर्ष २२ को मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी दुईवटा नयाँ मोटरसाईकलमा नेपाल प्रवेश गरेका थिए ।

सँगै एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरी सोही नयाँ  मोटरसाईकलमा भारततर्फ भागेका थिए  ।

घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद गरिएको छ । उक्त घट्नास्थलको सम्पुर्ण प्रारम्भिक अनुसन्धानको कार्य पश्चात शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले बताएका ।

घटनाबारे थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले बताएका छन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।