बारा नागरिक समाज जिल्ला कार्य समितिलाई गरियो भङ्ग

गढिमाइ खबर
201 पाठक संख्या

कलैया : बारा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बारा नागरिक समाजको जिल्ला कार्य समिति भङ्ग गरेका छन्।

समाज बाराका अध्यक्ष दासले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कार्य समिति भङ्ग गरिएकाले कोई कसैले बारा नागरिक समाजको हंसियतमा कोई कसैलाई कुनै पनि कार्यक्रममा बोलाउन तथा सहभागिता नगराउन विज्ञप्ति मार्फत आग्रह गरेका छन्।

उनले चाडै नै समाजका प्रबुद्ध व्यक्तिहरुलाई समेटेर पूनः जिल्ला कार्य समितिको विस्तार गर्ने विज्ञप्तिमा जानकारी दिएका हुन्। बारा नागरिक समाज सदैव नागरिकको पक्षमा रही न्यायका लागि लडी रहने संस्थाको रुपमा जिल्ला आफ्नो छुटै पहिचान बनाउन सफल भएको कुरा विज्ञप्तिमा लेखेका छन्।

शिक्षा,स्वास्थ्य,स्वच्छ वातावरण लगायत संविधानले प्रद्धत गरेका सबै खाले नागरिकको मौलिक अधिकारको ग्यारेन्टीका लागि वकालत,पैरवी गर्दै लडी रहेको उनले विज्ञप्तिमालेखेका छन्।

जिल्ला कार्य समितिमा रहेका अधिकांश सदस्यहरु दलीय कित्तामा समावेश रही संस्थामा समय दिने नगरेको लेख्दै विज्ञप्तिमा आफु एक्लैको प्रयासले संस्थालाई अहिले सम्म जीवन्त राख्दै नागरिकको आवाजलाई मुखरित गर्न दिशामा अगाडी बढीरहेको जानकारी दिएका छन्।

स्वतन्त्र,निष्पक्ष रुपमा आफुले नागरिकहरुको जनजिवीका सवालहरु उठाउदै अगाडी यात्रा तय गर्दा समेत नागरिकको पीडा र समस्या कार्यन्वयन गराउन अप्ठ्याराको सामना गर्नु परेको छ।

समाजलाई अझै कसिलो,गतिलो रुपमा नागरिकको नैसर्गिक अधिकारलाई स्थापित गराउनका लागि बारा नागरिक समाज जिल्ला कार्य समिति भंग गरेको दासले विज्ञप्तिमा तर्क गर्दै लेखेका छन्।

साझा गर्नुहोस्