करण कुमार मिश्र/
जिल्ला प्रहरी कार्यालय रौतहटमा आउनु भएको प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ र सञ्चारकर्मीहरु बीच अन्तरक्रिया सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटको कर्यभार सम्हालेकासंगै बुधबार रौतहटका सञ्चारकर्मीहरुसंग समसमायीक विषयमा अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुले जिल्लामा भइरहेको विभिन्न खाले अपराधीक गतिविधि,अबैध मदिरा बिक्रीवितरण, कमजोर आयस्रोत भएको पीडितको मुद्दा दर्ता नहुने, सिमा नाकामा व्यापक चोरी तस्करी, जघन्य प्रवृत्तिको अपराधमा मोटो रकमको चलखेल लगायतको विषयमा गम्भीर प्रश्नहरु उठाएर ध्यानाकर्षण गरेका छन् ।
संचारकर्मीहरुको प्रश्नको जवाफमा रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले आफुलाई चारवटा जिल्लाको अनुभवबारे बताउदै आफूले भ्याए सम्मको कार्य गर्ने बताए । आफनो कार्यकालमा रौतहट जिल्लामा हुने ब्यापक तस्करी, अबैध रूपमा सञ्चालन रहेको भट्टीलाई नियन्त्रण र गाउँघरमा हुने घरेलु हिंसा लगायतको घटना हुन नदिन मातहतका युनिटहरुलाई सक्रिय बनाउने बताए ।
समाजमा हुने विभिन्न खाले समस्याको समाधान गर्नमा सञ्चारक्षेत्रको भुमिका महत्त्वपूर्ण भएको हुदा प्रहरी सक्दो सहयोग गर्न आग्रह गरेका हुन् ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट अध्यक्ष प्रेमचन्द्र झा, पुर्व अध्यक्ष शैलेन्द्र गुप्ता ,उपाध्यक्ष प्रवीण शर्मा ,सचिव मदन ठाकुर,बरिष्ठ पत्रकार प्रभात झा, गौतम श्रेष्ठ,सञ्जय मिश्र लगायतका उपस्थिति रहेको थियो ।