गढीमाई मेलामा टेलिकमले गर्‍योे निशुल्क सिम वितरण

गढिमाइ खबर
195 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित बरियारपुरमा लागेको पञ्चबर्षीय गढीमाई मेलामा नेपाल टेलिकमले निशुल्क सिम वितरण गरेको छ।

टेलिकमले आइतबार सम्म नौ सय १६ वटा सिम कार्ड वितरण गरेको जानकारी नेपाल टेलिकमका कर्मचारी चन्देश्वर प्र यादवले दिए।

टेलिकमद्वारा मेलामा पहिला देखि जडान ३ वटा फोरजि मोबाईल टावर तथा १८ वटा फोर जि स्मौल सेल टावर र एउटा भ्यान बिटिएसे उपकरणको माध्यमबाट नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवा प्रदान गरिरहेको छ।

साझा गर्नुहोस्