करैयामाई गाउँपालिकाद्वारा त्रिचालीस करोड बहत्तरी लाखको बजेट प्रस्तुत

गढिमाइ खबर
65 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया । बाराको करैयामाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को लागि रु.४३ करोड ७२ लाख ९८ हजार ९२२ रुपैयाँ बराबरको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ।

गाउँपालिकाको सभाहलमा बुधबार आयोजित १७ औं गाउँ सभामा उतm रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो। उक्त सभामा करैयामाई गाउँपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरीले अर्थ सम्बन्धी ऐन तथा बजेट प्रस्तुत गरेकी हुन्।

जसमा नेपाल सरकारको समानिकरण अनुदान नौ करोड ७४ लाख, सशर्त अनुदान चालु १५ करोड ९८ लाख,सशर्त अनुदान पूँजिगत ७३ लाख,विशेष अनुदान पूँजिगत ७८ लाख,समपुरक अनुदान पूँजिगत दुई करोड ८८ लाख,राजस्व बाँडफाँड ८ करोड ४९ लाख ७३ हजार ९७ रुपैयाँ प्रक्षेपित आय रहेको छ।

प्रदेश सरकारको समानिकरण अनुदान ६७ लाख ९२ हजार, सशर्त अनुदान पूँजिगत ८० लाख,विशेष अनुदान चालु ३० लाख, समपुरक अनुदान चालु २० लाख, राजस्व बांडफांड ४८ लाख, आन्तरिक श्रोतहरु ६५ लाख ९५ हजार तीन सय,मालपोत रोयल्टी ३० लाख, गत वर्षको नगद मौज्दात एक करोड ७० लाख ३९ हजार ५२५ रुपैयाँ रहेको छ।

उक्त सभामा गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले आर्थिक वर्षका लागि नीति कार्यक्रम प्रस्तुत गरेका हुन्। उक्त अवसरमा करैयामाई गाउँपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र साह, वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह,५ का उमेश चौधरी, ८ का दिनेश चौधरी,सभा सदस्य नेसारुलहक अंसारी,सभा सदस्य प्रमिला पासवान, लगायतकाले मन्तब्य व्यक्त गरेका थिए।

उक्त सभाको सञ्चालन वीरेन्द्र वाईबाको रहेको थियो। उक्त गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतो,वडा नम्बर ३ का वडा अध्यक्ष प्रशुरामप्रसाद यादव,६ का राजकुमार चौधरी,७ का बृज चौधरी,कार्यपालिका सदस्य,वडा सदस्य,गाउँपालिकाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो।

साझा गर्नुहोस्