बारा प्रहरीका प्रबक्ता नै सम्पर्क विहिन बन्दा समाचार लेखनमा बाराली संचारकर्मी हैरान

गढिमाइ खबर
134 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरु प्रबक्ता राख्ने कानुनी प्रावधान छ ।

प्रबक्ताको काम तथा अधिकार भनेको कार्यालयमा भएका गतिविधिहरुको सूचना तथा जानकारीहरुलाई प्रवाह गर्ने हो ।

यसै कानुनी प्रावधान अनुसार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयले मातहतका सवै जिल्ला प्रहरी कार्यालयमा प्रबक्ता राख्ने व्यवस्था गरेको छ ।

हरेक जिल्ला प्रहरी कार्यालयमा कार्यालय प्रमुख भन्दा दोस्रो वा तेस्रो वरियताको अधिकारीलाई प्रवक्ता तोक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार जिल्ला प्रहरी कार्यालयहरुमा प्रहरी उपरिक्षक पछिको दोस्रो बरियतामा रहेका प्रहरी नायब उपरिक्षकलाई प्रबक्ताको जिम्मेवारी दिईने गरेको छ ।

आम जनतालाई सुसूचित गराउने उदेश्यलले संचारमाध्यमलाई प्रबक्ता मार्फत जिल्ला प्रहरी कार्यालयमा रहेका सूचना तथा जानकारी उपलब्ध गराउने र सूचना प्रवाह गर्ने काम,कर्तव्य पनि प्रबक्ता कै हो ।

जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरिक्षक पछिका दोसो वरियताका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने प्रबक्ता छन । सूचाना र जानकारी गराउने प्रबक्ता नै सम्र्पक विहिन बन्दा बाराका संचारकर्मीहरु कतिपय अवस्थामा हैरान छन ।

महत्वपुर्ण विषयमा र कुनै घटनाका वारेमा अस्पष्टता भए प्रबक्तासंग सम्र्पक गरेर बुझनु पर्ने अवस्था सन्चारकर्मीहरुसंग प्रबक्ता नै सम्पर्क विहिन हुदा समाचार प्रवाहमा समस्या हुने गरेको बाराली संचारकर्मीहरुको गुनासो छ ।

प्रबक्ताको मुख्य जिम्मेवारी भनेको प्रहरीका काम कारवाहीलाई सर्वसाधारणसम्म पुर्याउने हो । तर अधिकांश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी सूचना दिने बेलामा भने सधैं गायव हुन्छन् । चाहिएको बेला प्रहरी कार्यालय बाराका प्रवक्तासंग कुनै सूचना फेला पर्दैन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले आवश्यक परेको बेला हरेक प्रहरी कार्यालयको जानकारी जुनसुकै बेला लिनसक्ने व्यवस्था गरेको छ । बारामा भने यस्तो भएको पाईदैन । प्रवक्ता पदमा बस्ने प्रहरी अधिकारीहरु सम्पर्कमा पनि आउदैन्न र चाहिएको बेला आवश्यक सूचना पनि दिदैन्न ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी न्यौपानेलाई आफ्नो कार्यालयको अधिकांश कुरा जानकारी नै नभएको पाइएको छ । प्रवक्ता न्यौपानेले माथीको आदेश पनि मान्दैनन् र अनावश्यक रुपमा सर्वसाधारणलाई थुनछेक पनि गर्ने गरेका छन् ।

सूचना अधिकारीको सबै भन्दा बढी आवश्यकता पर्ने भनेको सञ्चारकर्मीलाई हो । तर सञ्चारकर्मीले आवश्यक परेको बेला सूचना फेला पार्न सक्दैनन् । सुचना अधिकारी सम्पर्कमा नआउँदा अधिकांस संचारकर्मीले सास्ती व्यहोर्नु परिरहेको छ ।
बाराका प्रवक्ता न्यौपानेको मोवाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क नहुदा संचारकर्मीलाई पनि सूचनाको पहुँचबाट टाढा राखिएको छ ।

साझा गर्नुहोस्