मधेस प्रदेशमा १ अर्ब ८१ करोड १६ लाख ६८ हजार बेरुजु

गढीमाईखवर डट कम
130 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

मधेस प्रदेशमा बेरुजु हुने रकम बढदै गएर झण्डै दुई अर्ब पुगेको छ । मधेस प्रदेश सरकारको बिभिन्न मन्त्रालय र मातहतको लेखापरीक्षण गर्दा यहाँ १ अर्ब ८१ करोड १६ लाख ६८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक बर्ष २०७७/७८ सालको सार्वजनिक गरेको मधेस प्रदेशको चौथोँ वार्षिक प्रतिवेदन २०७९ अनुसार यस प्रदेशमा झण्डै दुई अर्ब बराबरको बेरुजु देखिएको हो ।

सार्बजनिक भएको बेरुजु रकम मध्ये १७ करोड ३८ लाख २८ हजार रुपैयाँ असुल गर्नुपर्ने रहेको महालेखाले जनाएको छ । यसैगरि प्रमाण कागजात पेस गर्नुपर्ने ७३ करोड ९२ लाख ६३ हजार, नियमित गर्नुपर्ने ५६ करोड १४ लाख ८५ हजार र म्याद नाघेको पेश्की बाँकी ३३ करोड ६८ लाख ९४ हजार रहेकोे छ ।

यस्तै अन्य संस्था एवं समितितर्फ ३१ करोड ८९ लाख ५ हजार बेरुजु रहेको छ । जसमध्ये असुल गर्नुपर्ने ३० लाख ५८ हजार रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा महालेखापरीक्षकको कार्यालयले मधेस प्रदेश मातहतको १२९ वटा सरकारी निकायको ३६ अर्ब ५७ करोड २५ लाख ७४ हजार र समिति तथा अन्य संस्था १० को २ अर्ब ७१ करोड ५९ लाख ८४ हजार गरी ३९ अर्ब २८ करोड ८५ लाख ५८ हजारको लेखापरीक्षण गरेर बुधबार बार्षिक प्रतिबेदन सार्बजनिक गरेको छ ।

साझा गर्नुहोस्