मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्र बस्न पाउने

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 408
पढ्न लाग्ने समय : 1 मि.

कलैया । मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्र बस्न पाउने भएका छन् । यसअघिका चुनावमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । सबै दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरिएको निर्वाचन कार्यालय जनाएको छ । निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा निर्देशिका पठाएर सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिले मात्रै मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्थाबारे जानकारी गराएको छ । यो व्यवस्था अनुसार मतदान केन्द्रमा सम्बन्धित प्रदेश र सङ्घमा उम्मेदवार नभएको राजनीतिक दलका प्रतिनिधिहरु बस्न पाउँदैनन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।