गढीमाइ मेला व्यवस्थापन समिति गठन

गढिमाइ खबर
113 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया,१४ असोज : पञ्चवर्षीय गढीमाइ मेला सञ्चालन गर्न समिति गठन गरिएको छ ।

आगामी मङ्सिरमा लाग्ने मेलालाई सभ्य,भव्य बनाउन महागढीमाइ नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षहरुमा मनोजकुमार गुप्ता,रामचन्द्रप्रसाद साह,रामबाबुप्रसाद यादव र कलैश महतो चयन हुनुभएको नवगठित मेला समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

समितिको महासचिवहरुमा वीरेन्द्रप्रसाद यादव,नरेशप्रसाद जयसवाल,उपेन्द्रप्रसाद गुप्ता,सचिवहरुमा उमरावती देवीलहेरीन,नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया चयन हुनुभएको छ ।

समितिको सदस्यमा सबै राजनीतिक दलका प्रतिनिधि,१६ वटा पालिकाका प्रमुख र उपप्रमुख छन् ।

गढीमाइ मेलामा एसिया महादेशका अधिकांश ठाउँबाट मेला भर्न तीर्थयात्रीहरु आउने गर्दछन् ।

रासस

ट्यागहरू :
साझा गर्नुहोस्