रञ्जन यादब
जीतपुर १६ बैशाख
जीतपुुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ को वडा अध्यक्षको प्रत्यासी राजुुराज गिरीले आफनो जित सुुनिश्चित रहेको बताएका छन् । लोसपाका नेता गिरीले घरदैलो अभियानलाई तिब्रता दिने क्रममा सो कुुरा बताउँनुुभएको हो ।
वडालाई बिकास गर्ने आफुुसँग प्रशस्त आधार रहेकाले वडाबासीले आफुुलाई नै मतदान गर्नेमा आफुु बिश्वसस्त रहेको बताएका छन् । लोसपाको चुुनाव चिन्ह साईकलमा उनले मतदान गर्न सबैमा अनुुरोध गर्नुुभयो । जीतपुुरबजारको बजारिकरण ,सौन्दर्यकरण ,सरसफाई ,सड्क ,खानेपानी लगायत पुुर्बधार बिकासको महत्वपुुर्ण योजना खाँका आफुुसँग भएको बताउँनुुभयो ।
आफुु निर्वाचित जनप्रतिनिधि नहुुँदा पनि जनताको माँझ निरन्तर गईरहेका कारण आफुुले गरेको बिकास निर्माणको कार्यको जनताले सहि मुुल्याङ्कन गर्नेमा आफुु आशाबादी रहेको बताए ।वडा अध्यक्षको प्रत्यासी गिरी गत स्थानीय तहको निर्वाचनमा तेस्रो स्थान हासिल गरेका थिए ।ईन्जिनीयरिङ्ग अध्ययन गरेका वडा अध्यक्षका प्रत्यासी गिरी जनतामाझ बौद्धिक सर्कलको नेताको रुपमा परिचित छन् ।