लागु औषध सहित वीरगञ्जबाट एक जना पक्राउ

गढिमाइ खबर
72 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्जबाट हेटौडातर्फ गईरहेको यात्रुबाहक बसबाट पर्सा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागु औषध सहित कास्की पोखरा महानगरपालिका–६ का रविन्द्र केसीलाई पक्राउ गरेको हो ।

वीरगञ्जबाट हेटौडा जादै गरेको बसलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर स्थित जाँच गर्दा चालकको सिट मुनि लुकाई राखेको लागु औषध सहित केसीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

बसबाट फेनारगन– ३०० एम्पुल, डाईजेपाम–३०० एम्पुल र नुरफिन ३०० एम्पुल गरी ९०० एम्पुल लागु औषध प्रहरीले बरामद गरेको हो । पक्राउ परेका केसीलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

साझा गर्नुहोस्