भारतीय ट्रक सहित गाँजा बरामद

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

संदिप प्रसाद यादव/
बारा प्रहरीले दुई सय ६२ किलो प्रतिबन्धित अबैध लागूऔषध गाँजा बरामद सहित भारतीय ट्रक नियन्त्रण गरेको छ ।

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जितपुर बिरगंज सडक खण्डमा पार्किङ गरि राखिएको बि.आर २५ जि.ए १४५८ नम्बरको गाडीमा फल्स बटममा राखिएको भारतीय ट्रकबाट दुई सय बासाठी किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले शुक्रवार पत्रकार सम्मेलन गरेर जनाएको छ । मकवानपुरबाट बिरगंज जादै गरेको भारतीय ट्रकमा लागू औषध रहेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाबाट खटिएको विशेष प्रहरी टोलिले खोजतलास गर्ने क्रममा उक्त लागु औषध बरामद गरेको हो ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार ट्रक धनी र चालक फरार रहेका छन । उनीहरुको खोजी कार्य जारी रहेको र थप अनुसन्धान भैरहेको बताएका छन् ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *