सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको तेश्रो भएको छ ।
तेश्रो स्थानको लागी शुक्रवा फेरी सिमरा रंगशालामा भएको खेलमा सर्लाहीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिराहा प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल भएको हो । सिराहाको जितमा अन्जन हमालले दुई र अमन लामाले एक गोल गरेका थिए ।
यता, सर्लाहीका लागी शिव चौलगाईले एक गोल गरेका थिए । साबिक बिजेता सर्लाहीलाई पराजित गर्दै सिराहाले नगद २० हजार रुपैया प्राप्त गरेको छ । खेलको म्यान अफ द म्याच सिराहाका अन्जन हमाल घोषित भए । उनलाई मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले नगद २५०० सहित म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिता अन्र्तगत शनिवार फाईनल भिड्न्त हुदैछ । साबिक उप बिजेता बारा र रौतहट जिल्ला फुटबल संघ उपाधीका लागी अन्तिम भिड्न्त गर्दैछन् । बारा जिल्ला फुटबल संघ सिराहालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने रौतहटले सर्लाहीलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया पाउनेछन् ।
मधेश प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा असार ११ गतेदेखि जारी प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।