नारायणी अस्पतालमा असारसम्म एमआरआई मेशिन संचालन हुने

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 151
पढ्न लाग्ने समय : 2 मि.

राम मण्डल/
नारायणी अस्पतालमा जडान भईरहेको एमआरआई मेशिन चाँडै सञ्चालनमा आउने भएको छ ।

एमआरआई मेशिन सञ्चालनको लागि चाहिने हिलियम ग्याँस अस्पतालमा आईपुगेका कारण अब चाँडै अस्पतालमा एमआरआई सेवा शुरु हुने भएको हो । एमआरआई मेशिनबारे अस्पताल प्रशासनले एक प्रेस विज्ञप्ति जारी गरि अगामी असार १५ गतेसम्म एमआरआई मेशिन जडान गरिसक्ने जनाएको छ ।

आपुर्तिकर्ताले असार १५ सम्म मेशिन जडान गरि मेशिन सञ्चालन गर्ने जनशक्तिलाई तालिम समेत दिने अस्पतालको भनाई छ । एमआरआई मेशिनमा परमानेन्ट म्याग्नेट प्रयोग हुने र त्यसलाई चिसो पार्नको लागि हिलियम ग्याँसको आवशयकता पर्ने तथा बिधुत आपुर्तिको पनि ब्यावस्था अहिले अस्पतालले गरिसकेको नारायणी अस्पतालका प्रबक्ता डा.उदय नारायण सिंहले जानकारी दिए ।

उनले प्रेस बिज्ञप्ति जारी गरि आपुर्तिकर्ता र प्राबिधिकहरुका अनुसार मेशिन सञ्चालनको लागि भौतिक पुर्बाधारको समेत सम्पुर्ण ब्यावस्था गरिसकिएको बताए ।अस्पतालमा जडान भईरहेको एमआरआई मेशिनको बारेमा सञ्चार माध्यममा आएको समाचारका बारेमा ध्यानाकर्षण भएको बताउदै डा.सिंहले एमआरआई मेशिन जडानको बारेमा प्रेस बिज्ञप्तिमार्फत जानकारी गराएका हुन ।

सरकारले नारायणी अस्पताललाई पाँच सय सैयाको अस्पताल बनाउने उदेश्य सहित केन्द्रीय अस्पतालको रुपमा स्तरोन्ति गरिरहेको छ ।सोहीक्रममा ०७९ साल फागुन महिनाको दोस्रो साता अस्पतालमा थ्रि टेस्ला एमआई मेशिन आएको थियो ।उक्त मेशिनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिज्ञ टोलीले अनुगमन समेत गरि जडान गर्ने स्विकृति समेत दिई सकेको छ ।

एमआरआई मेशिन नारायणी अस्पतालमै सञ्चालन भएपछि बिरामीहरु सहज मुल्यमा सेवा प्राप्त गर्नेछन । हाल बजारको दररेटभन्दा भन्दा ३० देखि ४० प्रतिशत कम रकम तिरेर बिरामीको एमआरआई गरिने नारायणी अस्पतालले जानकारी दिएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।