आयुर्वेदमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 278
पढ्न लाग्ने समय : 1 मि.

पतञ्जली आयुर्वेद प्राईभेट लिमिटेडमा जागिर लगाइ दिने झुठ्ठा प्रलोभन देखाइ ठगी गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पर्साको बहुदरमाइ नगरपालिका–५ बस्ने २५ बर्षका अंकेश कुशवाहालाई पक्राउ गरेको हो ।पक्राउ परेका कुशवाहाले आफू पतन्जली आयुर्वेदमा सुभरभाइजर भएको भन्दै बिन्दवासिनी गाउँपालिका–४ निवासी अमन चौरसियासित २५ हजार ठगी गरेको प्रहरीले जनाएको छ । चौरसियाले दिएको उजुरीको आधारमा कुशवाहालाइ पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

पक्राउ परेका उनलाइ ठगी सम्बन्धीको कसूर मुद्दामा अदालतबाट पाँच दिन को म्याद लिइ थप अनुसन्धान भैरहेको गिरिले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।