आगलागीमा परि एकै परिवारका चारजना घाइते, एकको अवस्था गम्भीर

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

बारामा आइतवार राती भएको आगलागीको घटनामा जलेर एकै परिवारका चारजना सदस्य घाइते भएका छन् ।

आदर्शकोतवाल गाउँपालिका–१ मा भएको आगलागीमा परेर एकै घरका बुवाआमा र दुईजना छोरा घाइते भएका हुन् ।

लामखुट्टे धपाउन बालिएको धुपबाट सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी श्रीमती ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोरा छोटु र तीन वर्षीय छोरा सन्दीप जलेर घाइते भएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिएसपी) पुरुषोत्तम पाण्डेले जनाएको छ ।

घाइते चारैजनाको वीरगञ्जस्थित नारायण अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाण्डौ लागिएको बारा प्रहरीका प्रवक्ता डिएसपी पाण्डेले जानकारी दिए ।

सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरूलाई अस्पताल लगेका थिए । घाइते माध्ये चेतरीदेवीको अवस्था गम्भीर रहेको डिएसपी पाण्डेले जानकारी दिए ।

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भन्ने घरमा रहेका सम्पूर्ण सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ । पशुचौपाया समेत घाइते भएको छ । आगलागीबाट चार लाख १० हजार बराबरको क्षति भएको डिएसपी पाण्डेले बताए ।

 

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *