बाराको कलैयामा रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखाले बुधबार एक परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ ।
जिल्लाको कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ मदर्शा टोल निवासी स्व.किसमती देवीको परिवारलाई मृत्यु दावी रकम भुत्तानी गरेको हो । उनले लघुबित वित्तीय संस्थामा ७ लाख रुपैयाँको बिमा पोलिसी खरिद गरेकी थिइन् ।
संस्थाले घरदैलोमै गएर एक कार्यक्रम विच उक्त रकम भुक्तानी गरेको हो ।उनको गत आर्थिक वर्ष २०८० फागुन १७ गते अकल्पनीय घटनाबाट मृत्यु भएको थियोे।
स्व.देवीले आफ्नो कर्जाको बिमा गराएकी थिइन् र कर्जा चुक्ता भईसकेको थियो।तर पनि लघुवित्तले उनलाई बिमा बापतको रकम हस्तान्तरण गरिएको छ ।
सो दुःखद घटना भएकोमा हकवाला अवधकिशोर साहलाई ७ लाखको बिमा रकम र काम क्रिया गर्नलाई १५ हजार थपेर ७ लाख १५ हजार रुपैयाँ बिमाको घरमै पुगेर मृत्यु दाबी उनको श्रीमानलाई चेक हस्तान्तरण गरिएको लघुवित्तका अनुगमन अधिकृत नारायणप्रसाद घिमिरेले बताए ।
उक्त चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक रमेशकुमार महतो,सुनिलकुमार कुशवाहा,केन्द्रका सदस्य,सञ्चारकर्मी,स्थानीयबासीहरु लगायतको उपस्थिति रहेको थियो ।









