मोटरसाईकलमा लुकाएर ल्याएको लागुऔषध खैरो हिरोईनसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले खैरो हिरोईनसहित बारा परवानीपुर गाउँपालिका–४ बस्ने वर्ष ३५ को ध्रुव रामलाई पक्राउ गरेको हो । वीरगञ्ज–१४ गण्डकस्थित चेकजाँच गर्नेक्रममा रामलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले चलाएर आएको ना.२१ प ४५८६ नम्बरको मोटर साईकलबाट लागु औषध खैरो हिरोइन ६ ग्राम ५०० मिलिग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
पक्राउ परेका रामलाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।









