कलैया : बारामा मधेश प्रदेश सरकारको विकास योजनामा भइरहेको निर्माण कार्यमा पारदर्शिताको अभाव देखिएको छ। पारदर्शिताको अभावको कारण भ्रष्टाचार बढदै गएको संकेत देखा परेको छ। मधेस प्रदेश सरकारको बजेटमा सञ्चालित बारा जिल्लामा केही निर्माण कार्यहरूमा सार्वजनिक जानकारी बोर्ड नराखी काम भइरहेको पाइएको छ।
सार्वजनिक खरिद नियमावली विपरित विना बोर्ड विकास योजनामा निर्माण भइरहेको हो। नियमावली अनुसार सरकारी योजनाहरु संचालन गर्दा आयोजना सम्बन्धी सम्पूर्ण जानकारी सहितको होर्डिङ बोर्ड निर्माणस्थलमा राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ। बिना सार्वजनिक सूचना बोर्ड बिना निर्माण कार्य भैइरहेको जिल्लामा पाइएको हो।
जानकारी बिना नै निर्माण कार्य सुरु गरिएको भन्दै पारदर्शितामाथि स्थानीय वासिन्दाले गम्भीर प्रश्न उठाएका छन्। “के काम हुँदैछ, कसले गरिरहेको छ,कति बजेट छ, कसैलाई थाहा नभएको एक स्थानीय वासिन्दाले साझेदारी दैनिकसंग भने। योजनाहरूको स्थलगत निरीक्षण गर्दा कतै पनि योजनाको नाम,लागत,ठेकेदार,म्याद आदि विवरण उल्लेखित बोर्ड देखिएन।
सार्वजनिक जानकारी बोर्ड नराखिएको अवस्था भ्रष्टाचार वा बजेट दुरुपयोग लुकाउने प्रयास यसमा रहेको स्थानीय सुरेश यादवले जनाए।
भौतिक पूर्वाधार विकास कार्यालय बाराका निमित्त कार्यालय प्रमुख रिम्पुकुमारी यादवले सार्वजनिक सूचनाको बोर्ड राख्न लगाउने जनाइन्। नलगाए भने बोर्डको रकम २ वा २ हजार ५ सय रुपैयाँ काट्ने उनले बताइन्। निर्माण कार्यमा लापरबाही भैरहेको पाइएमा कार्वाही समेत गर्ने उनले जनाइन्।साइट इन्जिनियरहरु आ– आफ्नो समय मिलाएर साइटमा खटिरहेको जनाउँदै
इस्टिमेट अनुसार निर्माण कार्य भईरहेको छ यदि त्यस्तो छैन भने साइट इन्जिनियरलाई भनेर सुधार लगाउन उनले जनाइन्।
त्यसैगरी साइट इन्जिनियर रामसेवक यादवसंग ९८१९७६७८९१ मा सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको छ।
भौतिक पूर्वाधारको अनुगमन नहुदा यस्तो समस्या बढेको र उपभोक्ता समिति गठन गरि ठेकेदार मार्फत काम भइरहेकोले यो समस्या उठेको जनाइन्छ।









