आगलगीमा परी गम्भिर घाईतेलाई उपचारका लागि २५ हजार सहयोग

गढिमाइ खबर
169 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

आर्दश कोतवाल गाउँपालिका वडा नम्बर १ मा आइतवार राती भएको आगलागीमा परी गम्भिर घाईते भएको तीन जनालाई आर्दश कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले आर्थिक सहयोग गरेका छन ।

अध्यक्ष साहले आगलगीमा परी गम्भिर घाईते भएको ३५ बर्षिय मनोज यादव, उहाँको ३० बर्षिय पत्नी तेतरी देवी र साढे ३ बर्षका घोरा छोटुलाई नारायणी अस्पतालमा भेट गरि २५ हजार नगद सहयोग गरेका हुन ।

नारायणी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समा राखी अध्यक्ष साहले काठमाडौ पठाउनुभएको वडा नम्बर १ को वडाअध्यक्ष सुनिल कुशवाहाले साझेदारी दैनिकलाई जानकारी दिए ।

गाउँपालिका भित्रका नागरिकहरुको जीव, धनको रक्षा गर्न अभिभरा जनताले दिएको हुदा एउटा अभिभावकका नाताले मानवलाई सेवा गर्न कर्तब्य भएको हुदा घाइतेको घाँउमा मलम लगाउने काम मात्र गरेको गाउँपालिकाका अध्यक्ष साहले बताए ।

गोठमा लामखुटे धपाउनका लागि बालेको घुरबाट आगो सल्लकेर आगलगी भएको थियो । आगलगीबाट २ वटा भैसी जलेका छन भने अन्नपात, लताकपडा पनि जलेर नष्ट भएको बारा प्रहरीले जनाएको छ ।

 

साझा गर्नुहोस्