बारा प्रहरीद्रारा घरेलु मदिरा नष्ट गर्ने अभियान तिब्र

गढिमाइ खबर
195 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब/

चाडपर्बलाई लक्षित गर्दै बारा प्रहरीले घरेलु अबैध मदिरा नष्ट गर्ने अभियानलाई तिब्र पारेको छ ।

प्रत्येक दिन प्रहरीले कुनै न कुनै स्थानीय तहमा भट्टी भत्काई मदिरा नष्ट गरेको भेटिएको छ ।

प्रहरीले शुक्रबार ४० हजार लिटर मदिरा बारागढी गाउँपालिकाको दुई वटा वडाबाट बरामद गरेको छ ।

वडा न. ०३ खोपवाको दुई ठाउँबाट र . वडा न. २ दउरवाको ३ ठाउँबाट मदिरा बरामद गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

साथै प्रहरीले भट्टी भत्काई .मदिरा राख्ने सानो ड्रम ११ वटा, ठुलो ड्रम २३ वटा र मदिरा तयार पार्ने मेशिन २ वटा नियन्त्रणमा लिएको उनले बताए ।

अभियानको क्रममा बिहिबार जिल्लाको करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिका क्षेत्रबाट ५६ हजार ५ सय लिटर अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको थियो ।

त्यस्तै बुधबार प्रहरीले पचरौता नगरपालिका र आदर्श कोतवाल गाउँपालिका क्षेत्रबाट ४५ हजार लिटर मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साझा गर्नुहोस्