कलैया वडा नम्बर ७ मा नेकपा एसको वडा कमिटी गठन

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 379
पढ्न लाग्ने समय : 1 मि.

कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपा एकीकृत समाजवादी पार्टीको १७ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।
गठित वडा समितिको अध्यक्षमा अहमद अन्सारी,उपाध्यक्षमा जितेन्द्र साह,सचिव दिपेन्द्र प्रसाद साह,सहसचिव कमरुल हक अन्सारी र कोषाध्यक्ष रेखादेवी साह चयन भएका छन ।

यस्तै वडा समितिका सदस्यहरुमा लक्ष्मी शर्मा, समिम अन्सारी,सन्दिप यादव, धिरज यादव, रामु साह, फौद मिया, सुगन्धी देवी,महजरी राम, सल्मा खातुन, फात्मा खातुन, गितादेवी यादव र नगियादेवी चयन भएका छन ।

पार्टीका जिल्ला कमिटी सदस्य बिरेन्द्र साहलेको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद पासवान, प्रदेश कमिटी सदस्य सुरेश मोदक, जिल्ला सचिव बिक्रम ठाकुर, पार्टी उपसचिव ध्रुब यादव, जिल्ला सदस्य राजु यादव, युवा संघका कलैया अध्यक्ष हरिओम गुप्ता, फौद मिया, युवा संघ कोषाध्यक्ष महमद तारिफ, युवा संघ स्थायी कमिटी सदस्य राजेश पटेल, अनेरास्वीयूका केन्द्रीय सचिव ईमरान आलम लगायतको उपस्थिति पार्टीले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।