पचरौता :बाराको पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंहको पहलमा बेल्दारीमा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ।
महिनौ देखि ट्रान्सफर्मर बिग्रेर बिधुतको समस्या भोगिरहेका पचरौता वडा नम्बर ४ का बेलदारीबासीको समस्या नयाँ ट्रान्सफर्मर जडानसंगै बुधबार समाधान भएको छ।
यसबाट स्थानीय निकै हर्षित भएका छन । बेल्दारीवासीको घरायसी काम काजदेखि लिएर ब्यवसायिक तथा कृषि गतिबिधिसम्म प्रभावित हुँदै आएको हो। नगर प्रमुख सिंहको बिशेष पहलमा पुरानो क्षमताबिहीन ट्रांसफार्मर हटाई गुणस्तरीय र क्षमतावान ट्रान्सफार्मर जडान गरिएको छ।
नगर प्रमुखले नयाँ ट्रान्सफार्मर खरीद गरी समाधान गरिएको हो। नगर प्रमुख सिंहले स्थानीय जनताको समस्याप्रति चासो देखाउँदै समयमै पहल गरेका कारण समस्या समाधान सम्भव भएको एक स्थानीयले बताए।









