कलैया : प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ पिठवास्थित सडकखण्ड बाट मंगलबार प्रतिबन्धित लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोटरसाईकल चालक सर्लाही रामनगर गाउँपालिका वडा नम्बर . १ धुर्वा टोल बस्ने २० वर्षीय राजेश गुप्ता र पछाडी सवार बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ खडका टोल वस्ने २४ वर्षीय नसिर अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।
उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध नोर्फिन १६०० पिस, फेनारगन १६०० पिस, डाईजोपाम १६०० पिस गरी जम्मा ४८०० पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कचोर्वाका प्रहरी नायब निरीक्षक सोमप्रसाद रिमालको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ज ८ प ५४२१ नम्बरको मोटरसाईकलबाट आउदै गरेको अवस्थामा उनीहरुलाई लागु औषध सहित पक्राउ गरेको हो।
उक्त मोटरसाईकललाई जाँच गर्दा मोटरसाइकल पछाडी सवार व्यक्तिले बिचमा बोकेको स्याउको २ वटा कार्टुन भित्र माथी आँप र मुनि प्रतिबन्धित लागू औषध एम्पुल ४ हजार ८ सय पिस वरामदगरिएको प्रहरीले जनाएको छ। बरामद भएको लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीले जानकारी दिएको छ।









