चौतर्फि बिकासकोलागि बाम लोकतान्त्रिक गठबन्धनलाई भोट ः पुर्बमन्त्री श्रेष्ठ

गढीमाईखवर डट कम
133 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब /
बारा
बाराको मुसहर्वामा महावीरी झण्डा मेलाको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले गर्नुभएको छ । बाम लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं.४ का उम्मेदवार समेत रहेका श्रेष्ठले विश्रामपुर गाउपालीका वडा नं. ३ मुसहर्वाको झण्डा मेलामा परम्परागत रुपमा खेलाउँदै आएको कुस्ती प्रतियोगितामा पहलवाहरुलाई एक अर्कासँग हाँत मिलाउँन लगाएर कुस्ती खेलको सुरुवात गरेका थिए ।

कार्यक्रममा बोल्नु हुँदै पुर्ब मँन्त्री श्रेष्ठले बारा क्षेत्र नं.४ पर्यटकीय तथा खेलकुदको दृष्टिकोणले पनि उत्तम रहेको बताउँनुभयो । सबै दृष्टिकोणले यो क्षेत्र बिकासको सम्भावना बोकेको क्षेत्र भएर पनि पछि पर्नु दुर्भाग्य भएको बताउँनुभयो ।बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई यस क्षेत्रमा जिताउँदा देशमै बारा क्षेत्र नं.४ नमुना बन्ने बताउँनुभयो ।आफुले पहिला पनि तनहुँ जिल्लाबाट सभासद बन्दा पाएको सेवा सुबिधा जनता तथा समाजिक कार्यमा खर्च गरेको ,यसपाली पनि सभासद बन्दा पाउँने सेवा सुबिधा यहीकै जनता तथा समाजिक कार्यमा खर्च गर्ने उद्घोष गर्नुभयो ।

वारा क्षेत्र नं. ४ (२) का उम्मेदवार जीतेन्द्र सोनलले आफु मुख्यमन्त्रीको दाबेदार रहेको जानकारी दिनुहुँदै आफु मुख्यमन्त्री भएपछि यस क्षेत्रको बिकासमा कुनै कसर नछोड्ने बताउँनुभयो । यसपालि क्षे नं.४ बाट गठबन्धनबाट लडिरहेका प्रतिनिधि सभाका उम्मेदवार कृष्ण बहादुर श्रेष्ठ(किसान)पनि एकीकृत समाजवादी पाटीबाट मन्त्री पदको दाबेदार रहेकाले आफनो साथसाथै उनलाई पनि जिताउँन जनतासँग अनु््रोध गर्नुभयो ।

साझा गर्नुहोस्