अबैध लागु औषध गाँजा सहित पाँच पक्राउ

गढिमाइ खबर
236 पाठक संख्या

कलैया : प्रहरीले छुट्टा छुट्टै स्थानबाट अवैध लागु औषध बरामद गर्नुको साथै पाँच जनालाई पक्राउ गरेको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीबाट बुधबार राति अबैध लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर कैलास गाउँपालिका वडा नम्बर ०४ बस्ने ३२ बर्षिय राजन लामा,ट्रकमा सवार जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३३ बर्षिय ईश्वर लोप्चन र गाजाँ ओसार पसारमा संलग्न मकवानपुर कैलास गाउँपालिका वडा नम्बर १० बस्ने २७ बर्षिय जिवन ठोकर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।

उनीहरुलाई ३०५ किलो अबैध लागू औषध गाँजा सहित पक्राउ गरिएको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले बजनी स्थित हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा १९ पोका गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद भएको अबैध लागु औषध गाँजा,मिनी ट्रक सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।यसैगरी प्रहरीले बाराको प्रसौनी गाउँपालिका–४ खुटवा बाट बिहीबार बिहान अबैध लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीय पवन कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।उनको साथ बाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ग्राम र नगद २७ हजार ४ सय ३० रूपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको अबैध लागु औषध गाँजा बरामद गरेको हो।बरामद भएको गाँजा सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले बाराको पचरौता नगरपालिका वडा नम्बर १ मुसहरीटोल बाट शुक्रबार बिहान अबैध लागु औषध गाँजा सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ बर्षिय राजबिहारी कुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनको साथ बाट ४ पोकामा रहेको ६० किलो अबैध लागु औषध गाँजा बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले मुसहरीटोल स्थित मकै बारी हुँदै टाउकोमा बोकी नेपालबाट भारत तर्फ ओसार पसार गर्दै गरेको अवस्थामा उनलाई अबैध लागु औषध गाँजा सहित पक्राउ गरिएको हो।

बरामद भएको गाँजा सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ छठीमाई घाट स्थित खोला छेउको बाटो बाट शुक्रबार बिहान अबैध लागु औषध गाँजा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिइएको प्रहरी टोलीले ११.०५१ के.जी. अबैध लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

छठीमाई घाट स्थित खोला छेउको कच्ची सडक हुदै २२० सि.सि.कोरातो÷कालो पल्सर मोटरसाईकलमा लागु औषध गाँजा बोकी गईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी टोलीले ना ४१ प ६२४१ नं.को २२० सि.सि.को पल्सर मोटरसाइकललाई प्रहरी टोलीले रोक्न खोज्दा नाम थर वतन नखुलेका २ जना मानिसहरु मोटरसाइकल छोडी जंगल तर्फ भागेका थिए।

मोटरसाइकललाई जाँच गर्दा २ (दुई) वटा ब्याग भित्र २ वटा पोकामा रातो प्लाष्टिकको डोरीले बाँधेको अवस्थामा अबैध लागु औषध गाँजा बरामद गरिएको हो।

उक्त मोटरसाइकल बरामद भएको लागु औषध गाँजा समेत ईलाका प्रहरी कार्यालय अमलेखगन्जमा राखिएको छ। फरार दुई जना मानिसहरुको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्