बारामा पार्किङबाट ट्रक चोरी, सहचालक फरार

पथलैया । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा पार्किङ गरेर राखिएको टाटा कम्पनीको खाली ट्रक चोरी भएको छ। ट्रक लिएर फरार भएका सहचालकको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २०८३ साउन ३ गते राति करिब ९ बजे हेमराज थापाका छोरा ३१ वर्षीय चालक अनोज थापाले आफ्नै घर अगाडि पार्किङ गरी राखेको ना […]
सिम्रौनगढ नगरपालिकामा ऐन विपरित कर्मचारी नियुक्ती, पारिश्रमिक भुक्तानीमा ८६ लाख रुपैयाँ अनियमितता

बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा स्थानीय सरकार सञ्चालन ऐनविपरीत कर्मचारी नियुक्ति गरी पारिश्रमिक शीर्षकमा करिब ६ लाख रुपैयाँ अनियमित खर्च भएको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले स्वीकृत दरबन्दीभन्दा बाहिर कर्मचारी नियुक्त गरी आर्थिक वर्ष २०१/०८२ मा रु. ८५ लाख ९९ हजार ४९० खर्च गरिएको उल्लेख गर्दै उक्त खर्चलाई नियमविपरीत ठहर गरेको हो । स्थानीय […]
गलत अपाङ्गता परिचयपत्र बनाएर भत्ता दिलाएको आरोपमा अख्तियारद्वारा पोखरीयाका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज । अपाङ्गता परिचयपत्रको विवरण सच्याएर सामाजिक सुरक्षा भत्ता दिलाई सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरिया नगरपालिकाका दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन अधिकृत छैटौं तहका कर्मचारी सञ्जयकुमार पाण्डेय, अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो खुल्वट तथा पर्साको पोखरिया नगरपालिका–१० निवासी […]
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २० द्वारा पाँच समुदायलाई भाँडावर्तन हस्तान्तरण

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२० ले लक्षित वर्गका विभिन्न समुदायलाई सामुदायिक प्रयोजनका लागि भाँडावर्तन उपलब्ध गराएको छ। वडा कार्यालयको पाँच लाख रुपैयाँ बजेटबाट खरिद गरिएका भाँडावर्तन पाँच वटा समुदायलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। वडाध्यक्ष रसुल मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। वितरण गरिएका भाँडावर्तन विवाह, […]
प्रसौनी-६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

बारा । बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार चालू अभद्र व्यवहार मुद्दामा ३७ वर्षीय वडा अध्यक्ष कुशवाहालाई आइतबार पक्राउ गरिएको हो। बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार २०८३ वैशाख १७ गते जारी भएको पक्राउ पुर्जी तथा अदालतको अनुमति […]
कलैया बजारमा देखियो विकासको नयाँ नमुना : बनेको सडक ढलानमै फेरि ब्लक बिछ्याउने काम

कलैया । बाराको कलैया बजारमा आर्थिक वर्षको अन्तिम समयमा सञ्चालनमा आएको एक पूर्वाधार योजनाले स्थानीय तहमा चर्चा र विवाद दुवै निम्त्याएको छ। प्रदेश सरकारबाट विनियोजित २० लाख रुपैयाँको बजेटबाट पहिल्यै ढलान गरिएको सडकमाथि पुनः ब्लक बिछ्याउने काम सुरु भएपछि स्थानीयले विकासको प्राथमिकता र सार्वजनिक बजेटको सदुपयोगबारे प्रश्न उठाएका छन्। कलैया उपमहानगरपालिका–१ को हाटबजार क्षेत्रमा प्रदेशसभा […]
सम्झौतापछि पनि चिकित्सक संघको ‘एकपक्षीय’ विज्ञप्ति, प्रेस युनियन बाराको कडा प्रतिवाद

कलैया,८ असार नेपाल प्रेस युनियन बारा शाखाले नेपाल चिकित्सक संघ, नारायणी शाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिलाई भ्रामक, एकपक्षीय र तथ्यविपरीत भएको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाएको छ। युनियनले जारी गरेको विज्ञप्तिअनुसार पत्रकार श्यामबाबु प्रसाद यादव र डा. चन्द्रभूषण यादवबीच भएको विवाद जिल्ला प्रहरी कार्यालय बारामा दुवै पक्षको उपस्थितिमा छलफल गरी आपसी सहमतिमार्फत समाधान भइसकेको […]
३ करोडको टावर लाइट खरिदमा नीतिगत भ्रष्टाचारको आरोप : ऐन मिचेर उपभोक्ता समितिमार्फत काम, लाखौँ कमिसनको खेल !

खरिद ऐन–नियमावली विपरीत ५८ टावर लाइट जडान, महालेखा प्रतिवेदनले औँल्यायो प्रक्रिया उल्लंघन; कार्यालय प्रमुखसहित कर्मचारीको मिलेमतोमा बजेट हिनामिनाको आरोप। कलैया, ७ असार। सरकारी निकायमा हुने अनियमितताको सूचीमा पटक–पटक आलोचित हुँदै आएको पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्सामाथि यसपटक करिब २ करोड ९६ लाख ९७ हजार ७८५ रुपैयाँ बराबरको टावर लाइट खरिद तथा जडानमा गम्भीर अनियमितता र […]
कलैयामा बजेट लुटको नयाँ खेल : एउटै घरबाट ११ लाखका तीन तालिम, अनुगमन शून्य

एउटै समूहलाई तीन कार्यक्रम, सहभागीभन्दा बजेट ठूलो—योग्यता नहेरी प्रशिक्षक, उपमहानगरपालिकाको निगरानी संयन्त्र नै प्रश्नको घेरामा कलैया, ६ असार। आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने हतारमा रहेको कलैया उपमहानगरपालिकामा सीपमूलक तालिमका नाममा अर्को गम्भीर अनियमितता सार्वजनिक भएको छ। झण्डै ११ लाख रुपैयाँ बराबरका तीनवटा फरक तालिम कार्यक्रम एउटै निजी घरबाट सञ्चालन गरिएको भेटिएपछि बजेट खर्चलाई मात्र प्राथमिकता […]
परवानीपुरको बजेटमा ६०/४० को भागबण्डाः तालिममै सक्यो एक करोड बढी रुपैयाँ

बलिराम यादव/वीरगंज । बाराको परवानीपुर गाउँपालिकामा जनचेतना मूलक तालिम कार्यक्रमका अधिकांश तालिम कार्यक्रम नै नगरि लाखौं रुपैयाँ कमिसनमा सकाईएको खुलेको छ । विभिन्न गैर सरकारी संस्थाहरुसंग ६०/४० को भागबण्डामा नियम विपरित कार्यक्रम संचालन गरि तालिम लगायतमा मात्रै एक करोड भन्दा बढी रकम खर्चेर लाखौं रुपैयाँ कमिसनमा सकाईएको खुलेको हो । परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]