ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि जीतपुरसिमराको कडा कदम, दुई ठेक्का रद्द

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण कार्यमा ढिलासुस्ती र लापरवाही देखिएको भन्दै दुई वटा भवन निर्माण योजनाको ठेक्का सम्झौता रद्द गरेको छ। निर्धारित समयसीमाभित्र काम सम्पन्न नगर्नुका साथै पटक–पटकको आग्रह र सूचनापछि पनि निर्माण कम्पनीबाट सन्तोषजनक प्रतिक्रिया नआएपछि उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०८१/०८२ मा सम्झौता भएका वडा नं. ७ स्थित फकिरागिरी विद्यालय […]

जीतपुरसिमरामा ई–रिक्सा र ई–लोडर दर्ता तथा रुट परमिटबारे सचेतना अभियान

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरीले ट्राफिक प्रहरी कार्यालयको सहयोगमा ई–रिक्सा तथा ई–लोडर दर्ता र रुट परमिट सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ। उपमहानगरपालिका क्षेत्रको जीतपुर र सिमराका विभिन्न स्थानमा अभियान सञ्चालन गरी सवारी चालक तथा व्यवसायीहरूलाई कानुनी व्यवस्थाबारे जानकारी गराइएको हो। अभियानका क्रममा नगर प्रहरी टोलीले उपमहानगरपालिका क्षेत्रमा सञ्चालन भइरहेका ई–रिक्सा र ई–लोडरहरूलाई अनिवार्य […]

‎पर्सामा अवैध काठ बरामद, वन तस्करी नियन्त्रणमा

‎पर्सा । पर्साको पटेर्वा सुगौली क्षेत्रमा सञ्चालन गरिएको संयुक्त अनुगमन अभियानका क्रममा करिब २० क्यु फिट सालको अवैध काठ बरामद गरिएको छ। वन विनाश र अवैध काठ तस्करी नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालय तथा स्थानीय वन उपभोक्ताको संयुक्त सहभागिता रहेको थियो। ‎ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख समुन्त […]

नवनिर्मित जीतपुरसिमरा नगर अस्पताल अपाङ्गमैत्री बनाउन माग

बारा । बारा जिल्लाको सिमरास्थित नव निर्मित जीतपुरसिमरा नगर अस्पताल अपाङ्गमैत्री नभएको भन्दै अपाङ्गता अधिकारकर्मी तथा अपाङ्ग अगुवाहरूले जीतपुरसिमरा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन्। अस्पताल भवनको अवलोकनका क्रममा हाल जडान गरिएका डट्स एण्ड लाइन टायल, शौचालय, टिकट काउन्टर तथा अन्य सेवा प्रवाह हुने स्थानहरू अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँचका लागि पर्याप्त रूपमा अनुकूल नभएको गुनासो गर्दै […]

वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली (फर्जी) कागजात बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी कागजात सच्याउने, नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा निजहरूविरुद्ध आयोगले आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका […]

पर्सामा तस्करीको जालोः प्रहरीकै संरक्षणमा अवैध कारोबार ? क्राइम इन्चार्जदेखि उच्च अधिकारीसम्ममाथि गम्भीर प्रश्न

बारा । पर्सा जिल्लाको खुला सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा प्रहरी असफल भएको हो कि तस्करी गिरोहसँगको मिलेमतोका कारण अवैध कारोबार फस्टाएको हो भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ। जिल्लाका विभिन्न नाकाबाट दैनिक रूपमा भइरहेको भनिएको तस्करी गतिविधिमा प्रहरीकै केही अधिकारीको संरक्षण रहेको आरोपसार्वजनिक भएपछि सुरक्षा संयन्त्रको भूमिकामाथि नै प्रश्नचिन्ह खडा भएको छ। स्रोतहरूका अनुसार भारतसँग सीमा […]

पन्ना देवी विद्यालयका सटरबाट १५ लाखभन्दा बढी भाडा बक्यौता, तत्कालीन अध्यक्ष मण्डलको भूमिकामाथि गम्भीर प्रश्न

बारा । बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरमा रहेका पन्ना देवी कन्या माध्यमिक विद्यालयको स्वामित्वमा रहेका सटरहरूको भाडा असुलीमा चरम लापरवाही भएको छ। विद्यालय व्यवस्थापन समितिको चरम लापरबाही र वेवस्थाकै कारण विद्यालयको पाँच बर्षदेखीको सटर भाडा झण्डै १५ लाख रुपैयाँभन्दा बढी रकम उठाउन नसकेको तथ्य बाहिरिएको छ । लामो समयदेखी सटर भाडा उठाउन नसक्नु र आफ्नै नातेदारहरुलाईसमेत […]

पन्ना देवी विद्यालयको २२ बिघा जग्गाको आम्दानीमा व्यापक अनियमितताको आशंका

कलैया । बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरस्थित पन्ना देवी कन्या माध्यमिक विद्यालयको नाममा रहेको २२ बिघा १७ कठ्ठा कृषि जग्गाबाट प्राप्त हुने आम्दानीको हिसाबकिताबमा गम्भीर प्रश्न उठेको छ। विद्यालयको अडिट प्रतिवेदनमा लाखौं रुपैयाँ बराबरको धानबाली रकम बक्यौता देखिएपछि आर्थिक अनियमितताको आशंका बढेको हो। गत आर्थिक वर्ष २०८१/०८२ को अडिट प्रतिवेदनअनुसार विद्यालयले विभिन्न जोताहाबाट उठाउनुपर्ने ४० लाख […]

चुनौतीबीच कलैयामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण

‎‎कलैया,विभिन्न प्रशासनिक चुनौती, ढिलो सेवा प्रवाह, विकास आयोजनाको सुस्त कार्यान्वयन तथा नागरिक गुनासोका बीच लामो समयको पछि कलैया उपमहानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ। नेपाल सरकारका सहसचिव रेशमलाल कडेलले बुधबार प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गर्नुभएको हो। ‎पछिल्ला वर्षहरूमा उपमहानगरपालिकामा विकास निर्माणका केही योजना समयमै सम्पन्न हुन नसकेको, सेवा प्रवाहमा ढिलासुस्ती देखिएको तथा […]

हत्या गरी फरार रहेका रोहित मुखिया प्रहरीको नियन्त्रणमा

बारा,जिल्ला प्रहरी कार्यालय बाराले हत्या मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। ‎ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले बाराको पचरौता नगरपालिका–६ पकडिया स्थित लक्ष्मीनिया पोखरी डिलमा भएको गोली हानी हत्या घटनामा संलग्न रही फरार रहेका भारत बिहार राज्यको पश्चिम चम्पारण जिल्ला,भितिहरवा थाना क्षेत्र अन्तर्गत दर्पा ग्राम पंचायत–तिनकोनी निवासी ३० वर्षीय रोहित मुखियालाई […]