अनुमति दुरुपयोग गर्ने चार निजी विद्यालयमाथि उपमहानगरको कारबाही

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालय सञ्चालन अनुमति (लाइसेन्स) को दुरुपयोग तथा नियमविपरीत सञ्चालनमा संलग्न रहेको भन्दै चार वटा संस्थागत विद्यालय बन्द गराएको छ। उपमहानगरपालिकाको शिक्षा महाशाखाले सिमरा स्थित माउन्ट एभरेष्ट स्कुलसहित रोज एकेडेमी, अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र बाबुलाल एकेडेमीलाई बन्द गराउने निर्णय गरेको हो। बन्द गरिएका विद्यालयमध्ये वडा नं. ३ रामवनस्थित रोज एकेडेमी, […]
वीरगञ्जका मेयर राजेशमान सिंह धरौटीमा रिहा

वीरगञ्ज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले आज सिंहलाई लिखत सम्बन्धी कसुर र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा ४ लाख १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लिखत सम्बन्धी कसुरमा […]
गलत बयान दिएका विरुद्ध मुद्दा दायर

काठमाडौँ,भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी त्रिवेणी गाउँपालिका–७ का ईश्वरीप्रसाद गौतम विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ऋण उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग रु ५० लाख घुस लिएको अभियोगमा चन्द्रबहादुर अधिकारीको विरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइका क्रममा छ । सोही मुद्दामा साक्षीका रूपमा उपलब्ध गराइएका गौतमले प्रतिकूल बयान […]
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ,भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । उहाँहरूबीच भएको छलफल भारत–नेपाल विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा केन्द्रित रहेको र यी सम्बन्धहरूले विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । नयाँ दिल्लीमा आज रास्वपाका सभापति लामिछाने तथा उहाँको प्रतिनिधिमण्डलसँग भेट्न […]
करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ । धारामा नुहाउने क्रममा मोटर जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा सोही टोलका बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारीको आज करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी पटेलको उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराईसिटी अस्पताल […]
कलैया-महागढीमाई सिमा विवादले उग्र रूप लिँदा दुवै पालिकाका नगर प्रहरीबीच झड

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–२६ स्थित सिस्वा–महेशपुर क्षेत्रमा मंगलबार साँझ सिमा विवाद उग्रिँदा कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाका नगर प्रहरीबीच झडप भएको छ। घटनामा दुवै पक्षका गरी ६ जना नगर प्रहरी घाइते भएका छन्। छठिया पोखरी नजिक संघीय सरकारअन्तर्गत सञ्चालित खानेपानी आयोजनाको कम्पाउन्ड विस्तार गर्ने क्रममा विवाद सुरु भएको बताइएको थियो । निर्माण […]
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गर्नुभएको छ । भारतीय गृहमन्त्रीले पठाउनुभएको चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो । भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ […]
दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

पर्सा । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्नका लागि पर्सा प्रहरीलाई अनुमति दिएको छ । पर्सा प्रहरीले सोमबार राति संयोजक प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो […]
बारामा प्रहरी कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गर्ने ३ जना तेस्रोलिङ्गी प्रहरी नियन्त्रणमा

बारा । बारामा जिल्ला प्रहरी कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गर्ने तीन जना तेस्रोलिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका–५ निवासी महमद सरिफ मियाँ भाँडको जाहेरीले अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा प्रतिवादी खुश्बु भन्ने अफजल मियाँ दर्जीलाई न्यायिक हिरासतमा राखिएको थियो। उक्त व्यक्तिलाई छोड्नुपर्ने मागसहित आज बिहान प्रहरी कार्यालय अगाडि तेस्रोलिङ्गी […]
विरगञ्ज चिनीकारखानाका लागि अधिग्रहित जग्गा फिर्ता गर्न थारु मोही किसानको कडा माग

बारा । विरगञ्ज चिनीकारखाना प्रा.लि.को उखु खेतीका लागि अधिग्रहण गरिएको जग्गा फिर्ता गर्न माग गर्दै थारु भूमिअधिकार संघर्ष समिति बाराले जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ। समितिका अध्यक्ष मेहिलाल दास थारुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई आज बुझाइएको ज्ञापनपत्रमा २०२१ सालको सरकारी निर्णयअनुसार भवानपुर, जितपुर, पिपरा सिमरा, फत्तेपुर, डुरवाना लगायतका क्षेत्रका […]