पर्सामा खैरो हिरोइनसहित दुई युवक पक्राउ

बारा । पर्सामा खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत शनिबार जिल्ला प्रहरी कार्यालय पर्साका मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–३१ कटगेनवा स्थित सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा सवार […]

जीतपुरको फुटपाथ हटाउने विवाद थप चर्कियो : नगर प्रमुखसँग वार्ता गर्न पुगेका ठेकेदार कार्यकक्षबाटै निकालिए

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा फुटपाथ हटाउने अभियानलाई लिएर विवाद थप चुलिएको छ। फुटपाथ व्यवसायीहरूको पक्षमा उभिएका जीतपुर गुदरी बजारका ठेकेदार शम्भु गुप्ता नगर प्रमुख राजन पौडेलसँग समाधान खोज्न उपमहानगरपालिकाको कार्यालय पुगे पनि छलफल हुन सकेन। नगर प्रहरीसँगको विवाद र हातपातको घटनापछि आक्रोशित बनेका नगर प्रमुख पौडेलले गुप्तासँग कुरा गर्न नमानेको स्रोतको दाबी छ। कार्यकक्षमै […]

नागरिकता किर्ते प्रकरणमा वीरगञ्जका मेयर सिंहविरुद्ध चार मुद्दा

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा वीरगञ्ज महानगरपालिकाका मेयरराजेशमान सिंह विरुद्ध चार वटा मुद्दा दर्ता भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय पर्साले बिहीबार मेयर सिंहसहित चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियोे। पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार लिखत किर्तेसम्बन्धी दुई र नागरिकता किर्तेसम्बन्धी दुई गरी चार वटा मुद्दा दर्ता भएका हुन्। अदालतका अनुसार […]

हुलाक बचतकर्ताको रकम हिनामिना प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन दर्ता

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन नायब सुब्बा बलीरामप्रसाद कुर्मी (बलीराम प्रसाद) जोडिएको भ्रष्टाचार मुद्दामा उसले पुनरावेदन गरेको हो। विशेष अदालतले गरेको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। हुलाक बचत बैंक बारामा बचतकर्ताहरूको रकम हिनामिना गरी भ्रष्टाचार […]

जीतपुरमा अनुगमनको हल्लाले जीतपुर बजार सुनसान

बारा । बाराको जीतपुरस्थित जीतपुरसिमरा उपमहानगरपालिका–७ क्षेत्रमा मंगलबार बजार अनुगमन हुने हल्ला फैलिएपछि व्यवसायीहरूले धमाधम पसल बन्द गरेका छन् । अनुगमन टोली आउने त्रासका कारण अधिकांश व्यापारिक प्रतिष्ठान बन्द हुँदा दिनभरि जीतपुर बजार सुनसान बनेको देखिएको थियो । खाद्यान्न, किराना, कपडा, होटल तथा अन्य दैनिक उपभोग्य सामग्रीका पसलहरू समेत एक्कासी बन्द भएपछि बजार गर्न आएका […]

बजार अनुगमनमा मुस्कान डेरी उद्योगलाई ७५ हजार जरिवाना

बारा । बारा जिल्लाको कोल्हवी क्षेत्रमा उपभोक्ता अधिकार संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको संयुक्त बजार अनुगमनमा मापदण्ड उल्लङ्घन गर्ने व्यवसायिक प्रतिष्ठानहरूलाई जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय बारा को नेतृत्वमा गरिएको अनुगमनमा विभिन्न सरकारी तथा सरोकारवाला निकायहरूको संयुक्त टोली सहभागी थियो। टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय […]

सर्लाहीमा घरको छत खस्दा दुई मजदुरको मृत्यु

बारा । सर्लाहीको मलङ्गवामा घरको छतसहित खस्दा दुई जना मिस्त्रीको मृत्यु भएको छ। जिल्लाको मलङ्गवा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की घरको छत ढलान गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तला माथिबाट खस्दा दुई जना मजदुरको […]

सिम्रौनगढमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

श्याम यादव बारा, ३० बैशाखा। इलाका प्रहरी कार्यालय सिम्रौनगढ परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन गरिएको छ। नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा बुधबार उक्त भवन उद्घाटन गरिएको हो। भवन बेलायत सरकारको सहयोगमा निर्माण गरिएको हो। उद्घाटन कार्यक्रममा महानिरीक्षक कार्कीले सिम्रौनगढ मिथिला सभ्यताको ऐतिहासिक स्थल भएकाले […]

ठगी तथा आपराधिक विश्वासघात कसुरमा सिइओ पाण्डे पक्राउ

काठमाडौँ, ३० वैशाख/ दुरसञ्चारसम्बन्धी ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । काठमाडौँको रक्तकाली घर भई हाल ललितपुर–५ मानभवन बस्ने ६३ वर्षीय पाण्डेलाई मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट मङ्गलबार राति […]

नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ वैशाख ३१ मा

काठमाण्डौ,३० बैशाखा/ सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने दिन वैशाख ३१ गतेका लागि तोकेका छन्। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले संसद्मा जवाफ दिन सक्ने व्यवस्था छ। बुधबार प्रतिनिधिसभाको तीन पटक बैठक बसे पनि प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुन सकेन। प्रधानमन्त्रीको […]