नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ वैशाख ३१ मा

गढिमाइ खबर
42 पाठक संख्या

काठमाण्डौ,३० बैशाखा/
सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने दिन वैशाख ३१ गतेका लागि तोकेका छन्। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले संसद्मा जवाफ दिन सक्ने व्यवस्था छ।

बुधबार प्रतिनिधिसभाको तीन पटक बैठक बसे पनि प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुन सकेन। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल अघि बढाउने प्रस्ताव राखेका थिए तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेपछि सहमति जुटेन।

सभामुखका अनुसार नीति तथा कार्यक्रममा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। नियमावलीअनुसार प्रधानमन्त्री अनुपस्थित भए अर्को मन्त्रीले पनि छलफलको अन्त्यमा जवाफ दिन सक्ने व्यवस्था रहेको छ।

साझा गर्नुहोस्